२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • कान्ति मावि बुटवल व्यवस्थापन समिति बिहिन...

कान्ति मावि बुटवल व्यवस्थापन समिति बिहिन , अभिभावकहरु आन्दोलनको तयारीमा

कान्ति मावि बुटवल व्यवस्थापन समिति बिहिन , अभिभावकहरु आन्दोलनको तयारीमा

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • बुटवल ।  बुटवल  उपमहानगरपालिकाको काखैमा रहेको कान्ति माविको बिधालय व्यवस्थापन समिति चयन प्रक्रियाले  पाँच  महिनासम्म पनि निकास पाउन सकेको छैन । बिधालय व्यवस्थापन समिति गठन नहुदा बिधालयको पढाइ त अवरुद्ध भएकै छ भने अन्य प्रक्रिया समेत अस्तव्यस्त बनेको छ ।
     बिद्यालयमा आवश्यक १५/१६ जना नयाँ शिक्षकहरुको  नियुक्ति प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन भने कामचलाउ रुपमा केही शिक्षक अस्थायी ज्यालादारीमा राखेर निर्भाह गरिएको छ ।
    लामो समयसम्म समिति गठन नहुदा अभिभावकहरुमा समेत निराशा छाएको छ ।
    गएको जेठ ६ गते अभिभावक भेला आयोजना गरिएको थियोे तर उक्त भेलामा ३५ जना अभिभावकहरुको उमेदवारी परेपछि सहमतिमा टुङ्गाउने भन्दै एउटा कार्यदल गठन भएको थियो । नेपाली काङ्ग्रेस र एमाले विच अध्यक्षमा दावी भए पछि उक्त कार्यदलले पनि निकास दिन सकेन ।

     बिधालयका संरक्षक समेत रहेका वडा नं चारका अध्यक्ष नरेश्वर पौडेलको पहलमा पटकपटक छलफल चलेपनि काङ्ग्रेस र एमाले विचमा कुरा नमिलेपछि अरु प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन । 

    शैक्षिक संस्थामा हुने राजनीतिक खिचातानीको पछिल्लो उदाहरण बनेको छ बुटवलको  कान्ति मावि । माथि केन्द्रीय सत्तामा दुई ठुला दलहरु मिलेपछि स्थानीय स्तरमा पनि सहज हुने सबैको अनुमान थियोे ।
    लामो समयसम्म पनि व्यवस्थापन समिति गठन हुन नसकेपछि पटकपटक अभिभावकहरुले समेत बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराइ रहदा समेत कुनै निकास निस्कन नसकेपछि अभिभावकहरु थप आक्रोशित भएका छन् ।


    लुम्बिनी प्रदेशकै राम्रो मानिएको स्कुलमा यो खालको राजनीतिक खिचातानीले स्थानीय वासीहरु तथा अभिभावकहरु समेत चिन्तित भएका छन् । 

    यसैबीच लामो समयसम्म नेपाली काङ्ग्रेस र एमालेको खिचातानीले व्यवस्थापन समिति गठन हुन नसकेकोमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बुटवल नगर इन्चार्ज शरद वलीले कडा आपत्ती व्यक्त गर्दै लामो समयसम्म बिधालयलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्नु भएको छ ।

    केही अभिभावकहरु स्कुल प्रशासन र बुटवल उपमहानगरपालिकाको शिक्षा विभागमा छिट्टै तालाबन्दी गर्ने सम्मको  तयारीमा लागेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij