२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सार्वजनिक सुनुवाई...
सार्वजनिक सुनुवाई

जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम

जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • खैरेनी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका अवस्थित जोहाङ प्राथामिक स्वास्थ्य केन्द्रले सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ । बुधबार सत्यवती गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष टिकाराम पाण्डे, प्रमुख प्रसासकिय अधिकृत कमलप्रसाद भुसाल लगायत विभिन्न पदाधिकारी र अन्य व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक सुनुवाई गरेको हो । 

    कार्यक्रममा प्रमुख अतिथि तथा सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले स्वास्थ्य संस्था जनताप्रति पारदर्शीता हुन आवश्यक रहेको र सो काम जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रले गरेको भन्दै खुसी ब्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा अन्य काम गर्न आफुले सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रकी कार्यलय प्रमुख डा. शिला ढकालका अनुसार स्वास्थ्य केन्द्रले दिएको सेवामा कति जनता सन्तुष्ट छन् र के कुरा हामीबाट अपेक्षा गरेका छन् भन्ने कुरा बुझ्नकै लागी यस कार्यक्रम गरिएको बताउनु भएको छ । उक्त कार्यक्रममा जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रको आर्थिक बर्ष ०८०\८१ को आय ब्यय, अहिले स्वास्थ्य केन्द्रले प्रदान गरेको सेवा, आगामी दिनमा स्वास्थ्य केन्द्र सुधार गर्नको लागी बनाइएको योजना लगायतका बिषयमा जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. प्रभात किरण न्यौपानेले प्रष्ट पार्नु भएको थियो । 

    रामप्रसाद श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा ब्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बोल्दै स्वास्थ्य केन्द्रले गरेको कामको सधै समर्थन गरेको र गरेका कामहरुमा सन्तुष्ट रहेको बताउनु भएको छ । स्वास्थ्य केन्द्रले गरेको सुनुवाई कार्यक्रमा जनताले स्वास्थ्य केन्द्रप्रति राखेको गुनासो र सुझाबलाई कार्यालय प्रमुख डा. शिला ढकाल र डा. प्रभात किरण न्यौपानेले खण्डन समेत गर्नुभएको थियो । सेवामा सधै भरी बिश्वास जित्दै आएको स्वास्थ्य केन्द्रमा मानिसको गुनासो भन्दा गरेको कामको सम्मान भएको कार्यालय प्रमुख ढकालले बताउनु भएको छ । 

    कार्यालय प्रमुख डा. शिला ढकालले जनताको स्वास्थ्य केन्द्रप्रति देखाएको सद्भाव र आशालाई सधै भरी कायम राख्ने प्रतिबद्धता ज्ञापन गर्दै उपस्थित लाई धन्यवाद समेत दिनुभएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij