२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
अर्थ-उत्पादन

नयाँगाउँमा नेकपाद्धारा सुन्तलाको विरुवा गोडमेल सुरु

नयाँगाउँमा नेकपाद्धारा सुन्तलाको विरुवा गोडमेल सुरु

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१

  • गुल्मी । नेकपा गुल्मीले सुन्तलाको विरुवा गोडमेल सुरु गरेको छ । धुर्कोट गाउँपालिकाको नयाँगाउँमा रोपेको सुन्तला नेकपाका नेता कार्यकर्ताहरुले गोडमेल गरेका हुन् । 

    पार्टीको केन्द्रीय उत्पादन नीति अनुसार गत असार ३१ गते नेकपाले गुल्मीको नयाँगाउँमा सुन्तला रोपण गरेको थियो । 
    सुन्तलाका वरिपरी झारहरु आएकोले गोडमेल सुरु गरेको नेकपा जिल्ला सदस्य चन्द्र सीले बताए । उनले विरुवाहरु फस्टिदै गएको बताए ।

    युवा संगठन नेपालका सदस्य लक्ष्मण सीले पार्टीले सामूहिक उत्पादन अन्तर्गत गरेको सुन्तला रोपणले गाउँमा नयाँ उत्साह थपेको बताए । सुन्तला रोपणलाई अर्को बर्ष अझ थप विस्तार गरिने धुर्कोट गाउँ कमिटीका सदस्य इन्द्र सीले बताए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij