२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • पर्वत रुपन्देही सेवा समाज द्वारा तीज...
--5779

पर्वत रुपन्देही सेवा समाज द्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत रुपन्देही सेवा समाज द्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • बुटवल । पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिले  हिन्दु महिलाहरूको बिशेष पर्व तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
    समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


    उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष शर्माले पर्वत रुपन्देही सेवा समाज सबै पर्वतेलीहरुको साझा  चौतारी भएको बताउनु भयो ।
    पर्वतबाट विभिन्न कारणले अस्थायी वा स्थाई रुपमा पर्वत छोडेर रुपन्देही आउनु भएको पर्वतेलीहरुलाई दुख सुखमा साथ दिन संस्था स्थापना गरेको स्मरण गर्दै संस्थाले रुपन्देहीमा मात्र नभएर जन्म भुमि पर्वतको लागि समेत योगदान पुराइरहेको बताउनु भयो । संस्थाले गरेका सामाजिक कामहरुको चर्चा गर्दै बुटवल नगर कमिटीले रक्तदान तथा घर निर्माण गरेर हस्तान्तरण गरेकोमा प्रसंशा गर्नु भयो । 
    तीज पर्वलाई तत्कालीन समाजमा  महिलाहरुको  बिद्रोहको रुपमा लिनुपर्ने बताउनु हुदै अहिले पनि जताततै महिला हत्याहिंसा बढी रहेको कारण महिला दिदिबहिनीहरु अझ धेरै संगठित हुनुपर्नेमा जोड दिनु भयो । 

     बुटवल नगर समिति अध्यक्ष उषा प्रधानको अध्यक्ष्ातामा सम्पन्न उक्त कार्यक्रममा बुटवल  उपाध्यक्ष जया पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन सचिव कृष्ण भुसाल दिपले गर्नु भएको थियोे ।

    यसैगरी आज नै पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिले समेत तीजको अवसरमा मानव आश्रममा रहेका १२५ जनालाई भोजन गराएको छ ।  केन्द्रीय समितिका बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
    उक्त कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगर अध्यक्ष लोक प्रसाद भुसालले गर्नु भएको थियोे भने संचालन सचिव चन्द्रा भुसालले गर्नु भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij