२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5774

पूर्वसांसद लिला नेकपामा प्रवेश

पूर्वसांसद लिला नेकपामा प्रवेश

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • बुटवल । सहिद अजवलाल यादवकी जीवनसाथी पूर्व सांसदसमेत रहेकी कमरेड शिला साेमबार बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । शिला नेकपा (एमाले) की केन्द्रीय सदस्यसमेत रहेकी थिइन् । साेमबार बिहान नेकपा महासचिव विप्लवले आफ्नाे निवास हरिसिद्धीमा उनलाई पार्टीमा स्वागत गरेका हुन् ।  

    ध्रुवीकरण मन्तव्य राख्दै ‘एमाले पार्टीमा सहिदको अपमान भएपछि राजिनामा दिएर बसेकी थिएँ । अब क्रान्तिकारी पार्टीमा भएपछि मृत्यु पनि सन्ताेषजनक हुनेछ’ भनिन् ।
     मन्तव्यकाे क्रममा उनको आँखामा पीडा र गर्वका आँशु छचल्किदा वातावरण भावनामय भएको थियो ।

    कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सी, केन्द्रीय सदस्य पवन सी, धनुषा जिल्लाका पूर्व सचिव दिनेश सीलगायत नेताहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij