भदौ ११, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक मसिनामा मिलीजुली आमा समूहद्धारा तीज कार्यक्रम सम्पन्न गरेको छ । खेतीपाती सकेर महिलाहरुलाई मनोरञ्जनका लागि कृष्ण जन्मष्टमीको अवसरमा तीज सांस्कृतिक कार्यक्रम गरेको हो ।
तीज सांस्कृतिक कार्यक्रममा ६ वटा समूहको सहभागिता रहेको थियो । जसमा पल्लोखोला आमा समूह, सिंदी मुरुङ्दी आमा समूह, सत्यवती आमा समूह, देउराली भन्ज्याङ रहुँता आमा समूह, मिलीजुली आमा समूह र न्यू नमुना आमा समूह लिम्घाको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य नरमाया थापा, वडा अध्यक्ष जितबहादुर तरामु मगर, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टिका राना मगर, नेकपा जिल्ला इन्चार्ज खोमा सी, वडा सदस्यहरु, सामाजिक अगुवा तथा बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो ।
मसिना ब्रह्मा क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि तीज कार्यक्रम गर्दै आएको वडा सदस्य ओम सिंजापति मगरले बताए । उनले तीज कार्यक्रम सँगसँगै ऐतिहासिक लुठे पिङ समेत राखेर सहभागिहरुलाई मनोरञ्जन दिइएको बताए ।
कार्यक्रमको सहभागी महिला दिदी बहिनीहरुको समूहलाई प्रमाणपत्र र नगद दिएर सम्मान समेत गरेको थियो । गिरुता सिंजाली (सिंजापति)को अध्यक्षता र संचालन उमाकली श्रीस र हुमी माया सिंजापतिले गरेका थिए ।
