तम्घास । नेकपा केन्द्रीय सदस्य धिरज सीले उत्पादनलाई राजनीतिक अनिवार्य क्रान्तिको अंश बनाउनुपर्ने बताउनुभएको छ । तम्घासमा बसेको नेकपा गुल्मीको नवौं बैठकमा बोल्दै उहाँले समाजवादको आधार निर्माण गर्न पार्टीका नेता कार्यकर्ता तथा श्रमजीवी जनतालाई उत्पादन जोडिनुपर्ने बताउनुभयो ।
गुल्मी इन्चार्ज खोमा सीले जिल्लामा सुन्तला, टिमुर, अलैची र कागती जस्ता बहुबर्षीय खेती सुरु गरेको भन्दै पार्टी सदस्यसम्म उत्पादनमा आत्मनिर्भर बनाउन प्रयत्न गरेको बताउनुभयो ।
बैठकले नगर र पालिका स्तरिय बैठक, प्रशिक्षण, संगठन विस्तार, नवीकरण विस्तार गर्ने, अन्तरपार्टी छलफल गर्ने, वैज्ञानिक समाजवादबारे बहस चलाउने, सहिद तथा बेपत्ता योद्धा परिवार भेटघाट गर्ने, जनसरोकारका बिषयमा स्थानीय सरकारहरुलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकले भ्रष्टाचार, अनियमितता, महंगी, तस्करी लगायत गलत प्रवृत्ति विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ ।
