२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • राजनीतिक अस्थिरताको कारण अमेरिकी हस्तक्षेप र...
--5762

राजनीतिक अस्थिरताको कारण अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकट हो : भरत सी

राजनीतिक अस्थिरताको कारण अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकट हो : भरत सी

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • गणेश एसके \ कञ्चनपुर, भदौ ०६ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ले अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकटको कारण नै वर्तमान अस्थिरता बढेको बताएका छन् । उनले बिहीबार नेकपा कञ्चनपुरको औँठौ बैठकमा सो कुरा बताएका हुन् ।


    उनले बंगलादेशको उदाहरण दिँदै त्यहाँ पनि बाहिरी रुपमा जनताले निरंकुश सत्ता ढालेको देखिएतापनि भित्री अन्तर्य भने अमेरिकाको खेल रहेको बताएका छन् । अमेरिका नेपालमा एमसीसी मार्फत नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त गर्ने र अर्को चीनको उदयतालाइ रोक्ने दुई उद्देश्यले आएको उनको भनाइ छ । अमेरिकी हस्तक्षेप नेपाली जनताको मुख्य अन्तरविरोध हो भनेर पार्टीले अगाडि नै निकालेको निष्कर्ष पछिल्ला घटनाक्रमले साबित भएको उनले बताए ।


    नेपालको सन्दर्भमा वर्तमान परिवेशमा राष्ट्रिय रूपमा विद्यमान रहेको जनताको निराशालाई चिर्ने काम नेकपाले गरिरहेको नेकपा नेता भरतले भने , उनका अनुसार “ पार्टीले गरेको संश्लेषण सही साबित भएको र पार्टी प्रति जनआकर्षण बढेको छ ।”त्यसै अनुरूप पार्टीले आगामी चुनावलाई नयाँ तरिकाले प्रयोग गर्ने नीति लिइएको उनको भनाइ छ ।


    समाजवादको स्थापना गर्न र जनताको हितमा काम गर्न विचार मिल्ने पार्टीसँग एकता गर्ने वस्तुगत आबस्यकता रहेको नेता भरतले बताए ।


    बिहीबार कन्चनपुरमा जिल्ला सचिव दिवार सी को अध्यक्षतामा बसेको जिल्ला पार्टीको बैठकले अन्तरकृया कार्यक्रम गर्ने , संगठन सुदृढीकरण गर्ने , जिल्ला पार्टीका सदस्यहरूलाई आय आर्जनसंग जोड्ने लगायतका विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij