२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • बुटवलमा ७६ औं अन्तरास्ट्रिय मानवअधिकार दिवसबारे...
अन्तरास्ट्रिय मानवअधिकार दिवस

बुटवलमा ७६ औं अन्तरास्ट्रिय मानवअधिकार दिवसबारे अन्तरक्रिया

बुटवलमा ७६ औं अन्तरास्ट्रिय मानवअधिकार दिवसबारे अन्तरक्रिया

७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा सोमबार बुटवलमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश तथा विभिन्न संघ संस्थाको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • बुटवल । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा सोमबार बुटवलमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश तथा विभिन्न संघ संस्थाको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यताम उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्नु हुदै सभामुख घर्तीले राज्य पक्षले प्रत्येक नागरिकको मानवअधिकारको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो । संविधानमा उल्लेख भएका मानवअधिकारका कुरा लागू गर्नु सरकारको दायित्व भएको बताउनु हुदै आफ्नो अधिकारको कुरा गर्दा नागरिकको कर्तव्यको बारेमा समेत ख्याल गर्न आग्रह गर्नु भयो । लुम्बिनी प्रदेश सभाबाट पारित गरेको कर्मचारी नियमावली फिर्ता गरेको बारे प्रदेश प्रमुखसँग आक्रोश व्यक्त गर्दै लुम्बिनी प्रदेशका कर्मचारीहरुको मानवअधिकार प्रति खेलवाड गरिएको आरोप लगाउनु भयो ।

    राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख श्री हरि प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समिति प्रमुख, इलाका प्रशासन कार्यालय बुटवल कार्यालयका कार्यालय प्रमुख लगायत मानव अधिकारको क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरु साथै विभिन्न संघसंस्था र मानव अधिकार कर्मीहरुको सहभागीता रहेको थियो ।

    उक्त कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि रिमा विसीले गर्नु भएको थियोे भने स्वागत मन्तव्य उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठकले राख्नु भएको थियोे । यसैबीच सोमबार साँझ राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा दीप प्रज्वलन कार्यक्रम समेत सम्पन्न भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij