२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
पुस्तक परिचय

बलिदानीपूर्ण जीवनगाथाहरूको उपन्यास : सङ्ग्रामपुर

बलिदानीपूर्ण जीवनगाथाहरूको उपन्यास : सङ्ग्रामपुर

उपन्यासकार डा. शिवशंकर बस्यालद्धारा लेखिएको ‘सङ्ग्रामपुर’ उपन्यास नेपाली वामपन्थी आन्दोलनको साहित्यिक दस्तावेज हो । यो उपन्यासमा पश्चिमी नेपाली ग्रामीण जीवन परिवेशलाई चित्रण गरिएको छ । ‘सङ्ग्रामपुर’ गाउँ प्रतीकात्मक स्थान हो ।

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • बुटवल । उपन्यासकार डा. शिवशंकर बस्यालद्धारा लेखिएको ‘सङ्ग्रामपुर’ उपन्यास नेपाली वामपन्थी आन्दोलनको साहित्यिक दस्तावेज हो । यो उपन्यासमा पश्चिमी नेपाली ग्रामीण जीवन परिवेशलाई चित्रण गरिएको छ । ‘सङ्ग्रामपुर’ गाउँ प्रतीकात्मक स्थान हो । जहाँ पञ्यायतकालको सैनिक हस्तक्षेप हुँदै जनयुद्धकालीन समयमा पनि क्रान्तिको आँधीबेहरीमा यहाँका मानिसहरु होमिन्छन् । उपन्यासमा सामान्य भारी बोक्ने रूपमान पात्रलाई समग्र क्रान्तिको आदर्श पुरूष बनाइएको छ । 

    क्रान्तिमा होमिएका समीर, दीक्षा, चमेली, उजेली, सुबेदार बाका जिन्दगीले क्रान्तिलाई उत्प्रेरणा थपेको छ । यसैगरी राजाराम, तोयालगायतका परिवर्तन विरोधी पात्रहरूको उचित संयोजनले उपन्यासलाई रोचकता प्रदान गर्दछ । 

    समग्रमा यो उपन्यास परिवर्तनकामी जनताको निरन्तर बलिदानी र विशेषगरी जनयुद्धका नेतृत्वले दिएको धोकाको प्रत्यक्ष बयान पुष्प र प्रेमजस्ता पात्रहरूमार्फत् देखाइएको छ । अर्थात् उपन्यासमा क्रान्तिबाट विचलित नेतृत्व र क्रान्तिकारीहरुको कष्टकर जिन्दगीका दृश्य समेटिएका छन् । उपन्यासले नेपाली श्रमजीवी वर्ग अर्थात् क्रान्तिकारीहरूको बलिदानीपूर्ण जीवनगाथालाई बोकेको छ । उपन्यासको प्रकाशन साहित्य दर्पणले गरेको छ भने उपन्यास २५६ पृष्ठमा फैलिएको छ । पुस्तकको मूल्य ३००\– रहेको छ । 

    यसअघि उपन्यासकार डा. बस्यालका अन्य कृतिहरु ‘जनसङ्ग्रामका सन्देशहरू’ (काव्य), ‘तिम्रा कानुनका फर्मान विरूद्ध’ (कविता संग्रह), ‘बबिता’ (उपन्यास) र ‘रानीफाल’ (उपन्यास) प्रकाशित भइसकेको छ । 

    –सुमन नेपाली

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij