२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • राजनीति
  • कार्यकारी विष्टलाई नेकपाको चेतावनीपत्र,–'एमसीसीको जिम्मेवारीबारे पुनर्विचार...
एमसीसी विरुद्ध नेकपाको सङ्घर्ष

कार्यकारी विष्टलाई नेकपाको चेतावनीपत्र,–'एमसीसीको जिम्मेवारीबारे पुनर्विचार गर'

कार्यकारी विष्टलाई नेकपाको चेतावनीपत्र,–'एमसीसीको जिम्मेवारीबारे पुनर्विचार गर'

नेकपाले एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न भन्दै पत्राचार गरेको छ । नेकपाको सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज भरत सीले बुधवार एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई पत्राचार गर्दै परियोजनामा संलग्नताबारे पुनर्विचार गर्न अनुरोध गरेको हो ।

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • नेकपाले एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न भन्दै पत्राचार गरेको छ । नेकपाको सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज भरत सीले बुधवार एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई पत्राचार गर्दै परियोजनामा संलग्नताबारे पुनर्विचार गर्न अनुरोध गरेको हो ।

    इञ्जार्च सीले गरेको पत्राचारमा भनिएको छ, ‘यो परियोजनामा तपाईँको संलग्नताबारे पुनर्विचार गर्न अनुरोध गर्दछौ र यसले ल्याउने दीर्घकालीन भयावह परिणामलाई मध्यनजर गर्दै समयमै ध्यान दिन जरुरी ठान्दछौ ।’

    एमसीसी परियोजना अत्यधिक विवादित परियोजना र यसले नेपाललाई विश्व शक्तिकेन्द्रको खेलमैदान तथा द्वन्द्व स्थल बनाउने स्पष्ट रहेको नेकपाले पत्रमा उल्लेख गरेको छ । साथै देशको शान्ति र समृद्धिका लागि यथास्थितिमा एमसीसी परियोजना लागू गर्नु घातक हुने नेकपाको ठहर छ ।
     
    नेकपाले एमसीसी परियोजनाविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । 
    IMG_20241101_232226.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij