२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
शारिरीक श्रमदान गर्दै विप्लव

कार्यकर्तासहित श्रमदान गर्दै नेकपा महासचिव विप्लव

कार्यकर्तासहित श्रमदान गर्दै नेकपा महासचिव विप्लव

'नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य  विमर्शले जानकारी दिएका छन्  ।'

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी पार्टीका नेता कार्यकर्ता सहित स्विमिङ पुल निर्माण कार्यमा श्रममा व्यस्त रहेका छन् । कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य  विमर्शले जानकारी दिएका छन्  । 

    उनका अनुसार स्विमिङ पुल नेकपा र स्थानीय जनताको स्वामित्वमा रहने छ । १८ मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको उक्त स्विमिङ पुल बनाउन महासचिव विप्लवसहित केन्द्रीय कार्यालय र नेकपा कपिलवस्तु जिल्ला कमिटीले श्रमदान गरेका छन् । 

    biplav_B6s06GJutk.jpg
    कार्यकर्तासहित ढुंगा बोक्दै विप्लव

    निर्माण कार्यमा महासचिव विप्लवसहित, स्थायी समिति सदस्य सन्तोष बुढामगर, पोलिटब्युरो सदस्यहरू विजय, कृति, असल, सञ्जीव, केन्द्रीय सदस्यहरू सुशील, अडिग, कपिलवस्तु सेक्रेटरी पावेल र स्थानीय कार्यकर्ता लगायत सय जना बढीको सहभागिता रहेको बताइएको छ । 

    biplav.jpg25_HoHzDnt7fy.jpg
    वाल लगाउँदै विप्लव

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij