२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
समाचार

मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञावली निर्बिरोध चयन

मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञावली निर्बिरोध चयन

शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • बुटवल । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको १५औँ साधारणसभा तथा अधिबेशनबाट  अध्यक्षमा अर्जुन ज्ञावली निर्बिरोध चयन हुनुभएको छ ।
    यसैगरी उपाध्यक्ष बिष्णु प्रसाद पाण्डे ,सचिव लिलाधर लुइँटेल ,सहसचिव अर्जुन कुबँर ,कोषाध्यक्ष मोहनी लाल न्यौपाने सदस्यहरु केशव राज पाण्डे , कृष्ण भण्डारी ,रत्ना कडेल,कल्पना ढकाल ,कल्पना रसाइली , उमा देवकोटा रहनु भएको छ । यसैगरी मनोनित सदस्यमा छमकला (सीता) भट्टराई ,दिनेशमणि सुवेदी,सागर भुसाल र सीता  पौडेल रहनु भएको छ ।

    बुटवल उपमहानगरपालिका प्रमुख अतिथि पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको उद्वाटनसत्रलाई सम्बोधन गर्दै  नगर प्रमुख पाण्डेले मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले मानवअधिकारको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलिरहेको बताउनु भयो ।  संस्थाले गरेका विविध  कार्यक्रमहरुलाई नजिकबाट हेरिरहेको   बताउँदै संस्थाको प्रगतिको शुभकामना समेत  दिनुभयो ।


      कार्यक्रममा प्रमुख बक्ताको रुपमा  मानवअधिकार तथा शान्ति समाज केन्द्रीय सभापती राम कृष्ण बराल रहनु भएको थियोे भने  पर्यवेक्षक केन्द्रीय वरिष्ट उपसभापति कृष्ण बा. रावल, 
    तथा सैनामैना नगरपालिका नगर प्रमुख फरिन्द्र शर्मा , मानवअधिकार तथा शान्ति समाज केन्द्रिय महासचिव रेनुका पाैडेल, नेकपा नेता शरद वली , बरिस्ठ पत्रकार बालकृष्ण चापागाईं , पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल , तेज कुमार पाठक , समाजका  कोषाध्यक्ष किरण ढकाल लगायतकाे आतिथ्यता रहेको  थियो।
    मानवअधिकार तथा शान्ति समाजका सभापति कृष्ण प्रसाद भट्टराईको अध्यक्ष्ातामा सप्पन्न उक्त कार्यक्रमको संचालन सचिव  कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij