२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
संविधान दिवस

संविधान दिवस कि समाजवादी क्रान्ति ?

संविधान दिवस कि समाजवादी क्रान्ति ?

'जनयुद्धको उपलब्धी भनेको जनसत्ता, जनसेना र जनअदालतहरु थिए, ती सबै भताभुङ्ग भए ।'

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • १. आज असोज ३ गते । सरकारले संविधान दिवस मनाइरहेको छ । कुन संविधान ? कस्तो संविधान ? कसको संविधान ? जनताका प्रश्नहरु रहेका छन् । संविधानका पृष्ठभूमिमा जनयुद्ध र जनआन्दोलनका रक्तरञ्जित इतिहासहरु रहेका छन् । कसैले संविधानलाई जनयुद्ध र जनआन्दोलनको उपलब्धीका रुपमा व्याख्या गरेका छन् भने कसैले प्रतिगामी संविधान । जनयुद्धको उपलब्धी भनेको जनसत्ता, जनसेना र जनअदालतहरु थिए, ती सबै भताभुङ्ग भए । जनयुद्धको सपना दलाल पुँजीपति वर्गको पक्षपोषण गर्ने प्रतिगामी संविधान थिएन । 

    २. संविधानमा उल्लेखित गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लगायत कतिपय विषय नेपाली जनताका आन्दोलन तथा हकहितसित पनि जोडिएका छन् र तिनलाई आंशिक तथा मात्रात्मक रूपमा सकारात्मक अर्थमा ग्रहण गर्न सकिन्छ । तर समग्रमा यो संविधान निम्न कारणले प्रतिगामी रहेको छ :

    (क) यो संविधान महान् जनयुद्धको नयाँ जनवादी गणतन्त्रात्मक राज्यसत्ता स्थापित गर्ने उद्देश्य तथा प्रतिबद्धता अनुरुप छैन । 
    (ख) संविधानमा महान सहिद, बेपत्ता तथा अपाङ्ग योद्धाहरूका त्याग, वीरता तथा बलिदानमा आधारित उत्कृष्ट मूल्य, जनताका जनादेश र मुक्तिका आकाङ्क्षाहरूलाई निषेध गरिएको छ । 
    (ग) संविधानमा श्रमजीवी वर्गलाई राज्यसत्ताको मालिक बनाइएको छैन । दलाल पुँजीपति वर्गले राज्यसत्तामा रजगज गरिरहेको छ । असमान सन्धि सम्झौताहरूलाई कायम राखिएको छ ।
    (घ) यो संविधानले राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाको प्रश्नमा गम्भीर खतरा पैदा गरेको छ । 
    (ङ) यो संविधान साम्राज्यवादी बहुलवाद तथा पुरानै संसद्वादमा आधारित रहेको छ । यो संविधानले नवऔपनिवेशिक उत्पीडनमा कायमै राखेको छ । 
    (च) यो संविधान तात्कालिक माओवादीद्वारा विभिन्न समयमा भए, गरिएका विविध सहमति तथा सम्झौताअनुरुप पनि छैन । 

    ३. महान् जनयुद्धले गम्भीर धक्का खाएको छ । अन्ततः यो प्रतिक्रान्तिमा अवसान हुन पुगेको छ । यसको मूलकारण विद्यमान दक्षिणपन्थी नवसंशोधनवाद प्रमुख रूपमा जिम्मेवार थियो । यो सँगै अन्य कैयौं कमी, कमजोरी तथा सीमाहरु समेत थिए । क्रान्तिको प्रक्रियामा चिन्तन र प्रवृत्तिका क्षेत्रमा विभिन्न विचलनहरू देखिएका थिए । वर्तमान सन्दर्भमा भूमण्डलीकृत साम्राज्यवाद, दलाल पुँजीवाद र दक्षिणपन्थी संशोधनवाद नै क्रान्तिका निम्ति प्रमुख खतरा रहेको छ । 

    ५. अहिले नेपाल दलाल पुँजीवाद र भूमण्डलीकृत साम्राज्यवादको चपेटामा छ । राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न गम्भीर बन्दै गएको छ । प्रतिगामी संविधानले जनताका जनवादी हकअधिकारहरूको हनन् त गर्यो नै, त्यसका साथै देशको राष्ट्रिय अस्मितामाथि झनै गम्भीर खतरा पैदा गरेको छ । त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधानका लागि संविधान दिवस होइन, नेपाली विशेषतामा आधारित वैज्ञानिक समाजवादी क्रान्ति जरुरी छ ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij