२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • राजनीति
  • माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वजित नेकपामा...

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वजित नेकपामा प्रवेश

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वजित नेकपामा प्रवेश

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • बुटवल । माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य विश्वजित विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । सोमबार नेकपाको मधेस प्रदेश कार्यालयमा भएको ध्रुवीकरण कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सीले खादा ओढाएर प्रवेश गराएका हुन् ।

    क. राजकिशोर राय ‘विश्वजित’ सेक्रेटरी, इन्चार्ज हुँदै बादल–प्रचण्ड एकता भएपछि पिबिएम भएका थिए । जनयुद्धमा जनमुक्ति सेनाका कमिसार समेत भएका थिए । माओवादी केन्द्र निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षसमेत रहेका रायलाई माओवादी केन्द्रका नेता मातृका यादवले ठूलो दबाब दिएपनि स्वीकार गरेनन् ।

    उनले माओवादी केन्द्रको पतनबाट नेपालको क्रान्ति बचाउन र क्रान्ति जारी राख्न ध्रुवीकरणमा आएको जनाउँदै जीवनको अन्तिमसम्म क्रान्तिमा डटिरहने प्रतिबद्धता जनाएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij