२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
समाचार

नेकपा रुपन्देहीद्धारा योजनागत बैठक तथा प्रशिक्षण

नेकपा रुपन्देहीद्धारा योजनागत बैठक तथा प्रशिक्षण

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१

  • बुटवल । नेकपा रुपन्देहीले जबस मोर्चाको संयुक्त योजनागत बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ ।  प्रशिक्षणमा नेकपा पोलिटब्युरो सदस्य एवं रुपन्देही इन्चार्ज बसन्त सीले देशको समस्या समाधान क्रान्तिकारीहरुले मात्र गर्न सक्ने भन्दै त्यसका लागि पार्टीका नेता कार्यकर्ता योजनाबद्ध कार्यक्रम सहित अगाडी बढ्नुपर्ने बताउनुभएको छ । उहाँले कार्यकर्तालाई प्रशिक्षण दिदै देशको समाधान नेकपाले मात्रै गर्न सक्ने बताउनुभयो । 

    प्रशिक्षणमा नेकपाका पोलिटब्युरो सदस्य विनोद सीले नेपाली विशेषताको समाजवाद निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । नेकपालकेन्द्रीय सदस्य शरद सी विभिन्न जनवर्गीय मोर्चाहरु नै पार्टीको मेरुदण्ड भएको बताउनुभयो । 

    प्रशिक्षणमा जबस मोर्चाका विहानी सी, प्रेम सी, पदम सी, भक्त सी, अरविन सी, रेशम सी, रामकृष्ण शर्मा, खगेन्द्र सीलगायतले आफ्ना संगठनका योजनागत धारणाहरु राख्नुभएको थियो । 

    कार्यक्रमको अध्यक्षता अखिल समाजवादीका प्रदेश इन्चार्ज पदन सीले गर्नुभएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij