बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीद्वारा बुटवल उपमहानगरपालिकालाई ४ बुदेँ माग राख्दै उक्त माग पुरा गर्न १५ दिने अल्टिमेटम दिएको छ ।
संगठनका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज विज्ञानको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य पदम नेपाली, पदम पराजुलीलगायतको उपस्थिति रहेको थियो । मागपत्र शिक्षा शाखालाई बुझाएको हो ।
मागपत्रमा लाइसेन्स प्राप्त बिना नै संचालित शैक्षिक सस्थाहरु बन्द गर्नुपर्ने, सामुदायिक बिद्यालयका छात्राहरूलाई केन्द्रिय बजेट अनुसार प्याडको तत्काल व्यवस्था गर्नुपर्ने, कान्ति माबी, कालिका माबी लगायत सामुदायिक विद्यालयमा भौतिक पुर्वाधार सुधार गर्नुपर्ने,शैक्षिक प्रमाणपत्र रहित भर्ना कार्य तत्काल बन्द गर्नुपर्ने आदी रहेका छन् ।

