२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--5471

शिलाङमा मेरो पत्रकारिता

शिलाङमा मेरो पत्रकारिता

पत्रकारिता : शिलाङमा लेखनको जीवन्त अनुभूति

बुधवार, जेठ १७ २०८०
बुधवार, जेठ १७ २०८०
  • मैले बेलायतमा मेरो पत्रकारिता लेखे पछि फेरि मलाई शिलाङमा मेरो पत्रकारिताको सम्बन्धमा केही कोर्न मन लाग्यो । तर मेरो बेलायतमा पत्रकारिता र शिलाङमा पत्रकारितामा के फरक छ भने मैले बेलायतमा पत्रकारिता बुटबलमा बसेर गरेको थिएँ तर शिलाङमा पत्रकारिता शिलाङमा नै बसेर गरेको थिएँ । यो कुरा बेग्लै हो कि मैले शिलाङमा बसेर लेखेका समाचार शिलाङ बाहिर पनि छापिन्थे ।

    मेरो बास्तविक पत्रकारता त शिलाङबाट प्रारम्भ भएको हो । यद्पि मैले पत्र पत्रिकामा कथा कविता लेख्न भने लोकरा आसामबाट नै प्रारम्भ गरेको हुँ । पत्रकारितासित नजिकिने कुरा आसाम लोकराबाट नै भएको हो । जे होस्, म यहाँ मेरो शिलाङको पत्रकारिताको सम्बन्धमा चर्चा बिचर्चा गर्न चाहन्छु । तर मेरो शिलाङमा पत्रकारिता भन्नाले मैले मेरै नाममा दर्ता भएका वा नभएका पत्र पत्रिकाको सम्पादन प्रकाशनको सम्बन्धमा चर्चा परिचर्चा गर्न थालिरहेको छैन । यो चर्चा परिचर्चाको छुट्टै पाटो हुृन सक्दछ । छुट्टै बिषय बस्तु हुन सक्दछ । बरु म यहाँ मैले विभिन्न अंग्रेजी पत्र पत्रिकामा लेख लेखेको वा समाचार संप्रेशण गरेको सम्बन्धमा चर्चा केन्द्रित गर्न चाहन्छु । यसलाई मेरो पत्रकारिता बाहिरको पत्रकारिता पनि भन्न सकिन्छ । यस्तो पत्रकारिता मेरो रहरको कुराभन्दा पनि सामाजिक आवश्यकताको कुरा हुन सक्दछ । सामाजिक दायित्वको कुरा हुन सक्दछ । आफू आवद्ध भएको संघ संस्थामा गतिविधि र उद्देश्य आम जनता पुराउने लक्ष्यसित सम्बन्धित रहेको पनि हुन सक्दछ । आफ्ना कुराको व्यापक प्रचार प्रसार गर्नु पर्ने मानसिकताले पनि काम गरेको हुन सक्दछ ।

    त्यतिबेला म शिलाङमा विभिन्न संघ संस्थामा आवद्ध थिए । संगठित थिएँ । तिनमा अत्यन्त सक्रिय थिएं । क्रियाशील थिएँ । उदाहरणको लागि त्यतिबेला म अखिल शिलाङ नेपाल विद्यार्थी संघ, अखिल आसाम विद्यार्थी संघ, अखिल भारतीय नेपाली छात्र फेडरेसन, मेघालय नेपाली भाषा समिति, नेपाली साहित्य परिषद्, शिलाङ, प्रवासी नेपाली संघ आदि आदिमा आवद्ध थिएँ । यी संघ संस्थाबाट जुन गतिविधि हुन्थे वा जुन कार्यक्रम हुन्थे त्यसको जानकारीको लागि म रिपोर्टिङ गर्दथें । समाचार लेख्दथें । तिनको प्रचार प्रसार कार्यमा उत्रिन्थें ।

    म त्यतिबेला स्थानीय पत्र पत्रिकामा समाचर वा लेख लेख्दथें । साथसाथै म राष्ट्रिय स्तरमा पत्र पत्रिकामा पनि समाचार लेख्दथें । लेख लेख्दथें । निश्चित रुपमा म कुनै पत्र पत्रिकाको संवाददाता भने अवश्य थिइनं । तर पनि म संवाददाताको काम गर्दथें । र्सवाददाताको जस्तो काम गर्दथें । पत्रकारको जस्तो काम गर्दथें । भनौं म त्यतिबेला शिलाङमा अघोषित रुपमा पत्रकारिता गर्दथें । जानेर नजानेर पत्रकार बनेको थिएँ । संवाददाता बनेको थिएँ । त्यतिबेला मैले समाचार लेख्ने स्थानीय अंग्रेजी समाचार पत्रहरू थिएँ – दीे इंडियन, दी इम्पलान्टर, द शिलाङ टाइम्स, द युंग इन्डिया आदि । शिलाङमा खसिया भाषामभा सबभन्दा बढी समाचार पत्र छापिन्थे । खसिया पत्रिका बेच्ने एकजना स्याञ्जाका नेपाली थिए । उनको सारा परिवार नै खसिया समाचार पत्र बेच्नमा खटिएको देखिन्थ्यो । दी इंडियनमा सम्पादक एकजना बिहारी थिए । उनको आफ्नै प्रेस थियो । कमला आर्ट प्रेस । उनी पत्रकारभन्दा पनि प्रेसका मालिक थिए । धेरै नेपाली पत्रिका उनकै छापाखानाबाट प्रकाशित हुने गर्दथे । हुन त नेपाली पत्र पत्रिका छाप्न भनेर मोप्रेमा एउटा नेपाली प्रेसको स्थापना गरिएको रहेछ ।पछि त्यस नेपाली प्रेसलाई गोयन्काले किनेका थिए । नाम भने नेपाली प्रेस नै राखेका थिए । नेपाली प्रेस मोप्रेमबाट पुलिस बजारमा सारिएको थियो । किटिङ रोडमा सारिएको थियो । मैले दी इन्डियनमा समाचार लेखेको छु । दी इम्लान्टर एकजना खसिया बुद्धिजीवीले सम्पादन गर्दथे । उनीसित मेरो राम्रो परिचय थियो । मैले हाम्रा गतिविधि बारेमा दी इम्पलान्टरमा रिपोर्टिङ गरेको छु । समाचार लेखेको छु । एकपल्ट मेघालय सरकारले स्टेट सेन्ट्ररल लाइब्रेरीमा मिट द सिटीजन कार्यक्रम राख्दा नेपाली विद्यार्थीको तर्फबाट म बोलेको थिएँ । मेरा कुरालाई सम्बोधन गर्दै चिफ मिनिस्टरले दिएको जबाबलाई द इम्पलान्टरले प्राथमिकता दिएर प्रकाशित गरेको थियो । त्यसलाई हेड न्युज बनाएको थियो । युंग इन्डिया एकजना बंगाली प्रोफेसर कपिला चटर्जीले सम्पादन गर्दथे । उनले कलम निकै सशक्त हुन्थ्यो । तहल्का मच्चानउे खालको हुन्थ्यो । उनी सधैं कुनै न कुनै विवादमा पर्दथे । मैले द युंग इन्डियमा समाचार छपाउनका साथसाथै लेख पनि लेखेको छु । शिलाङबाट प्रकाशित हुने सबभन्दा पुरानो समाचार पत्र द शिलाङ टाइम्स हो ।

    यो पत्रिका रेलबुङबाट एकजना बंगालीले सम्पादन प्रकाशन र संचालन गर्दथे । यो पत्रिका अझ पनि चलिरहेकै छ । यसमा मैले समाचार पठाउँथे । हाम्रा गतिविधि बारे मैले समाचार लेख्ने अर्को आसामको अग्रेजीको पुरानो दैनिक समाचार पत्र हो दी आसाम ट्रिबुअन । यस प्रेसमा एकजना नेपाली कम्पोजिटर कुंजलाल थापाले लामो समयसम्म आसाम ट्रिबुअन प्रेसमा काम गरेका थिए । आसाम ट्रिबुअन पत्रिकामा दिन दिनै पिन्टरको नाम छापिंदा यिनै कुंजलाल थापाको नाम छापिन्थ्यो । शायद यो प्रेस र पत्रिका मालिक आसामी सज्जनले उनको लामो सेवाको सम्मान गरेर प्रिन्टरको रुपमा उनको नाम राखिदिएका होलान् । छापिदिएका होलान् । आसाम ट्रिबुअनमा काम गर्ने अर्का नेपाली थिए मीतीसिंह छेत्री । मोतीसिंह छेत्रीले पनि लामो समयसम्म आसाम ट्रिबुअन पत्रिकामा काम गरेका थिए । उनले दार्जीलिङका नेपाली थिए । भन्दथे उनले दार्जीलिङबाट सामान्य शिक्षा प्राप्त गरेका थिए । भए पनि उनी अंग्रेजीमा समाचार लेख्न सक्दथे । उनले नेपालीमा कविता र नाटकमा पुस्तक प्रकाशित गरेका छन् । उनको एउटा नाटकको भूमिका मोदनाथ प्रश्रितले लेखिदिएका थिए । ट्रिबुअन प्रेसले घडरी उपलब्ध गराइदिए पछि किरायाको घरमा जीवन व्यतीत गरिरहेका मोती सिंह छेत्री आफ्नै घर बनाएर बस्न थालेका थिए । मोती सिंह छेत्री आसाम ट्रिबुअन डेली पेपरमा काम गने हुनाले पनि हामीलाई दी आसाम ट्रिबुअनमा समाचार लेख्न सजिलो भएको थियो. । शिलाङमा आसास ट्रिबुअनको सम्वाददाताको अफिस लोकनाथ जोशीको कम्पाउण्डमा थियो । लोकनाथ जोशी शिलाङका सबभन्दा धनी नेपालीका रुपमा चिनिन्थे । उनको शिलाङ शहरको मुटुमा नै एउटा गाउँ बराबरकै जमीन थियो । म आसाम ट्रिबुअनका लागि समाचार पुराउन यही लोकनाथ कम्पाउण्डमा जान्थे. ।

    त्यसरी नै म कलकत्ताबाट प्रकाशित हृुने अमृत बजार पत्रिकाको लागि शिलाङ स्थित संवाददातालाई समाचार दिने गर्दथें । त्यतिबेला राष्ट्रिय स्तरका समाचार पत्रिका द स्टेटम्यान , इन्डियन एक्सप्रेस, टाइम्स अफ इंडिया आदिमा समाचार प्रकाशित गर्न यु एन आई वा पीटीआईलाई समाचार दिन सकिन्थ्यो । टिपाउन सकिन्थ्यो । उनीहरूले हाम्रोे समाचार महत्वपूर्ण लागे प्रकाशनार्थ टेलिप्रिन्ट मार्फत बाहिर पठाइदिन्थे । त्यतिबेला आजको जस्तो कम्पुटर तथा इन्टरनेट सेवा उपलब्ध थिएन । त्यतिबेलाको पत्रकारिता निकै कठीन थियो । त्यतिबेला मैले कलकत्ताबाट प्रकाशित हुने द फ्रन्टिएरमा एउटा लेख लेखेर छपाएको थिएँ । त्यसमा मैले वी पी कोइरालाको राजनीतिको आलोचना गरेको थिएँ । लेखको शीर्षक थियो — ह्वाट कोइराला बान्टस् दैट नेपाल डच नट ।
    जे होस्, त्यतिबेला मलाई आवश्यकताले अंग्रेजी भाषामा समाचार लेख्ने संवादाता बनाएको थियो । अंग्रेजीमा लेख लेख्ने लेखक बनाएको थियो । म त्यतिबेला जानी नजानी संवाददाता नभए पनि संवादाता बनेको थिएँ । पत्रकार नभए पनि पत्रकार बनेको थिएँ । लेखक नभए पनि लेखक बनेको थिएँ ।

    १६–२–२०८०

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij