जेठ ७, तम्घास । नेकपा गुल्मीले दिवंगत लालबहादुर नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गुल्मीकी नेतृ एवं धुर्कोट गाउँ कमिटी सदस्य झुपा सीको श्रीमान नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
जिल्ला इन्चार्ज सुमन सीले आइतबार एक शोक वक्तव्य जारी गर्दै लालबहादुर नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । इन्चार्ज सुमनले नेपालीको निधनले पार्टीलाई स्तब्ध बनाएको बताउदै उहाँ प्यारालाइसिस भई लामो समयदेखि उपचाररत रहेको बताएका छन् । वक्तव्यमा शोकसन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
धुर्कोट गाउँपालिका वडा नं. ४, बर्बोटमा स्थायी बसोवास गर्दै आउनुभएका ४९ बर्षीय लालबहादुर नेपालीको जेठ ३ गते निधन भएको थियो ।

