२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • नेकपा गुल्मीले वित्तीय संस्थाको ज्यादती विरुद्ध...
--5215

नेकपा गुल्मीले वित्तीय संस्थाको ज्यादती विरुद्ध संघर्ष गर्ने

नेकपा गुल्मीले वित्तीय संस्थाको ज्यादती विरुद्ध संघर्ष गर्ने

आइतवार, माघ २९ २०७९
आइतवार, माघ २९ २०७९
  • बुटवल । नेकपा गुल्मीले लघुवित्त संस्थाको ज्यादती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । पार्टीको चौंथो पूर्ण बैठकले लघुवित्त र बैंकको ज्यादती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । 

    बैठकले फागुन १ गते जनयुद्ध दिवस तम्घास मनाउने, फागुन ५ गते वित्तीय संस्थाहरुको ज्यादति विरोध प्रदर्शन गर्ने, १५ गते महंगी भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने, सहिद तथा बेपत्ता, घाइते योद्धाहरुका परिवारका मागहरु सम्बोधन गर्नेलगायतका बिषयमा संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । 

    बैठकमा नेकपाका पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी, केन्द्रीय प्रतिनिधि सदस्य एवं जिल्ला इन्चार्ज सुमन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य सुकुमार सीले प्रशिक्षण दिनुभएको थियो ।

    बैठकले सांगठनिक कार्यविभाजन, जबस मोर्चा, उत्पादनलगायत बिषयमा निर्णय गरेको बताइएको छ । बैठकको अवसरमा ब्युरो इन्चार्जको जिम्मा लिएर आउनुभएका प्रज्वलन सीलाई जिल्लामा स्वागत गरिएको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij