२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • 'संसदीय व्यवस्था झुटको पुलिन्दा हो' :...
--5186

'संसदीय व्यवस्था झुटको पुलिन्दा हो' : बिषम सी

'संसदीय व्यवस्था झुटको पुलिन्दा हो' : बिषम सी

शनिवार, माघ २१ २०७९
शनिवार, माघ २१ २०७९
  • बुटवल । नेकपा स्थायी समिति सदस्य बिषम सीले संसदीय व्यवस्था झुटको पुलिन्दा भएको बताउनुभएको छ । बुटवलमा पूर्वी लुम्बिनी ब्युरोद्धारा आयोजित ब्युरो स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै बिषमले संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले संकटग्रष्ट बनेको बताउनुभएको छ । 

    उहाँले अहिले संसदीय व्यवस्थाको संकट तार्न संसदीय दलहरुले राष्ट्रपतीय प्रणालीको भ्रम दिएर क्रान्तिविरुद्ध प्रतिक्रियावादीहरुले चौतर्फी घेराबन्दी र षड्यन्त्र गरिरहेको बताउनुभएको छ । उहाँले देशमा संसदीय व्यवस्था र दलका कारण चौतर्फी निराशा पैदा भएको भन्दै क्रान्तिकारीहरु कहिल्यै निराशा नहुने बताउनुभएको छ । 

    पार्टी पोलिटब्युरो सदस्य एवं ब्युरो इन्चार्ज प्रज्वलनले देशको आर्थिक संकट दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको बताउदै त्यसको समाधान वैज्ञानिक समाजवादले दिने बताउनुभयो । उहाँले स्थानीयदेखि केन्द्रसम्म जनताको मुद्दाहरुलाई उठाउने बताउदै बैंक, मिटरब्याजी र लघुवित्तहरुको ज्यादती विरुद्ध संघर्ष गर्ने बताउनुभयो । 

    प्रशिक्षणमा पार्टी केन्द्रीय केन्द्रीय सदस्य रुपन्देही इन्चार्ज शरद सीको सञ्चालन, केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज कमल सीले स्वागत, केन्द्रीय सदस्य एवं पाल्पा इन्चार्ज धीरज सीले सर्कुलर वाचन तथा केन्द्रीय सदस्य विश्सास सीले प्रतिवेदन वाचन गर्नुभएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij