२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • 'विमान दुर्घटनाबारे छानविन गरि सत्यतथ्य बाहिर...
--5158

'विमान दुर्घटनाबारे छानविन गरि सत्यतथ्य बाहिर ल्याऊ' : विप्लव

'विमान दुर्घटनाबारे छानविन गरि सत्यतथ्य बाहिर ल्याऊ' : विप्लव

आइतवार, माघ १ २०७९
आइतवार, माघ १ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काठमाडौबाट पोखरका लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाउनु हुने सबैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

    महासचिव विप्लवले आइतबार एक वक्तव्य जारी गर्दै दुर्घटनामा घाइतेहरुको अबिलम्ब उद्दार गर्न र दुर्घटनाबारे छानविन गर्न आग्रह गरेका छन् । उहाँले वक्तव्यमा मृतकको परिवारलाई क्षतिपूर्ति दिन समेत आग्रह गरेका छन् ।

    पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको एयरलाइन्स आइतबार बिहान १०ः५१ बजे दुर्घटना हुन पुगेको हो भने क्षतिको पुर्ण विवरण आउने क्रम जारी छ ।

    महासचिव विप्लवले नेपालको हवाइ क्षेत्रको गुणस्तर र सुरक्षामा व्यापक सुधार गर्न आवश्यक रहेकोले सरकारले पहल गर्न समेत जोड दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij