बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रिय समिति संगठनका केन्द्रिय समिति सदस्य हिमाल सीको मंगलबार भएको असमाहिक दुःखद निधनप्रति दुःख व्यक्त गरेको छ । संङ्गठनका अध्यक्ष माइला सी र महासचिव कुशल सीले बुधबार एक वक्तव्य जारी गर्दै कमरेड हिमाल नेकपा (माओवादी),१० वर्षको महान् जनयुद्ध,०६२/०६३ पछिको माओवादी पार्टीको तत्कालीन नेतृत्वमा आएको राजनीतिक विचलनका विरुद्ध दुई लाइन सङ्घर्ष र नेकपा निर्माण एवं एककिृत जनक्रान्तिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भन्दै हिमाल सीको असमायिक निधनले जनसांस्कृतिक आन्दोलनलाई अपूरणीय क्षति पगेको क्षति पगेको भन्दै स्तब्ध बनाएको बताएका छन् ।
वक्तव्यमा दिवंगत हिमाल सीप्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
हिमाल सीको पुस २६ गते रोल्पाको सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर भीरबाट लडेर मृत्यु भएको हो ।
वक्तव्यको पूर्णपाठ :

