२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--5140

प्रतिभा अक्षयकोषद्धारा सोनिमा र निशा पुरस्कृत

प्रतिभा अक्षयकोषद्धारा सोनिमा र निशा पुरस्कृत

बुधवार, पौष २० २०७९
बुधवार, पौष २० २०७९
  • २० पुष, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा प्रतिभा अक्षयकोष नेपालले दुई पुरस्कार वितरण गरेको छ । श्री भानु आधारभूत विद्यालयको बार्षिकोत्सवको अवसरमा २०६८ सालदेखि हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसबर्ष पनि वितरण गरेको हो । 

    विभिन्न साहित्यिक कार्यक्रमहरु गरेर प्रदान गरिदै आएको पुरस्कार यो बर्ष ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ बिषयक वक्तृत्व कला प्रतियोगितामा विजेता कक्षा ७ मा अध्ययनरत विद्यार्थी सोनिमा श्रीस मगरले ‘प्रतिभा बर्ष सम्मान’ पुरस्कार पाएकी छन् । त्यसैगरी कक्षा ५ मा अध्ययनरत विद्यार्थी निशा राहादीले ‘प्रतिभा लगनशील पुरस्कार’ प्राप्त गरेकी छन् । 

    हरेक बर्ष प्रतिभा सम्मान अक्षयकोष नेपालले साहित्यको विभिन्न विधाहरुमा प्रतियोगिता गराएर विजेतालाई पुरस्कृत गर्दै आएको छ । प्रतिभा अक्षयकोषको संयोजन विद्यालय शिक्षक एवं साहित्यकार प्रदीप राहादी मगरले गर्दै आएका छन् । पुरस्कार कवि एवं राजनीतिकर्मी खोमा तरामु मगर र वडा नं. ३ का अध्यक्ष जितु तरामु मगले वितरण गरेका हुन् ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij