२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • ठूलो लुम्पेकमा श्री भानु आधारभूत विद्यालयको...
--5138

ठूलो लुम्पेकमा श्री भानु आधारभूत विद्यालयको ३८ औं बार्षिकोत्सव

ठूलो लुम्पेकमा श्री भानु आधारभूत विद्यालयको ३८ औं बार्षिकोत्सव

मंगलवार, पौष १९ २०७९
मंगलवार, पौष १९ २०७९
  • प्रदीप राहादी मगर । गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३, ठूलोलुम्पेक अन्तर्गत दाङसिङ्गामा अवस्थित श्री भानु आधारभूत विद्यालयको ३८ औं वार्षिक उत्सव समारोह भव्यतापूर्वक सम्पादन भएको छ । पौष १७ गते विद्यालयमा गठित सिर्जनशील विद्यार्थी समूहको वार्षिक उत्सव समारोह र पौष १८ गते विद्यालयको ३८ औं वार्षिक उत्सव समारोह एवं अभिभावक दिवस विविध सिर्जनात्मक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको विद्यालयका शिक्षक प्रदीप राहादी मगरले बताए । 

    वार्षिक उत्सव समारोहका प्रमुख अतिथि अर्थात् ३ नम्बर वडाका वडा अध्यक्ष जित बहादुर तरामु मगरले विद्यालयले मात्र नभई सिङ्गो समाजले नै श्रम र उत्पादनसंग जोडिएको व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले ३ नम्बर वडाले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनको लागी विविध पहल- छलफल र विचार- विमर्श गरिरहेको बताए । उनले आफू विद्यालायको पूर्व विद्यार्थी भएको स्मरण गर्दै विद्यालयको स्तर उन्नतिको लागी आफूले सक्दो पहल गरिरहेको र सधैं गरिरहने प्रतिबद्धता जाहेर गरे ।


    नेपाली साहित्यमा युवा कवि एवं लेखक तथा विद्यालयमा स्थापित प्रतिभा सम्मान अक्षयकोष नेपालका अक्षयकोष दाता खोमा तरामु मगरले आफू पनि पूर्व विद्यार्थी भएको स्मरण गर्दै अहिलेको शिक्षा प्रणालीको विकल्पमा प्रत्यक्ष श्रम र उत्पादनसंग जोडिएको वैज्ञानिक समाजवादी शिक्षा स्थापना गर्नुपर्ने बताए । 


    युवा समाजसेवी भिम तरामु मगरले विद्यालयको हरेक क्षेत्रमा प्रगति भएको देख्दा आफू हर्षित भएको विचार व्यक्त गरेका थिए । उनले विद्यालयको समग्र प्रगतिको लागी निरन्तर विद्यालयसंग प्रत्यक्ष- अप्रत्यक्ष रुपमा जोडिएको र आगामी दिनमा पनि सक्दो सहयोग गरिरहने बताए । 


    वार्षिकोत्सब समारोहको अवसरमा हिज्जे प्रतियोगिता- वक्तृत्वकला प्रतियोगिता- नृत्य प्रतियोगिता लगायतका विविध सिर्जनात्मक कार्यक्रहरुको आयोजना र पुरस्कार वितरण गरिएको थियो । प्रतिभा सम्मान वर्ष- २०७९ को पुरस्कार कक्षा- ७ मा अध्यनरत सोनिमा श्रीस मगरलाई प्रदान गरिएको थियो । विद्यालयका प्र.अ. खिमलाल राहादी मगरले विद्यालयको समग्र वार्षिक प्रगति प्रतिवेदन वाचन गरेका थिए । 


    कार्यक्रममा विद्यालयको संस्थापक सदस्यहरू- भूमिदाता- चन्दादाता- पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन- अभिभावक संघ- आर्थिक समितिका पदाधिकारी एवं सदस्यहरू- अक्षयकोष दाता- समाजसेवी- बुद्धिजीवी- शिक्षाप्रेमी- अभिभावक- शिक्षक र विद्यार्थीहरु लगायतको ठूलो उपस्थिति रहेको बताइएको छ । 


    कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भिमकुमारी विरकट्टा, ३ नम्बर वडाका वडा अध्यक्ष जित बहादुर तरामुको प्रमुख आतित्यमा स्वागत शिक्षक कर्ण बहादुर राहादी र कार्यक्रमको सहजीकरण शिक्षक प्रदीप राहादी र तिलक सुनारले गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij