२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • चुनावप्रति वितृष्णा : ८० लाख बढी...
--5105

चुनावप्रति वितृष्णा : ८० लाख बढी जनताले हालेनन् भोट

चुनावप्रति वितृष्णा : ८० लाख बढी जनताले हालेनन् भोट

बिहिवार, मंसिर २९ २०७९
बिहिवार, मंसिर २९ २०७९
  • बुटवल । संसदीय व्यवस्थाप्रति जनताको तीव्र असन्तुष्टी र वितृष्णा देखिएको छ । आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । 

    जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको  आयोगले जनाएको छ । 
      
    प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदाता सहभागी भएका आयोगको तथ्यांकमा  उल्लेख छ ।

    नेकपा लगायत कम्युनिस्ट पार्टीहरुले निर्वाचन खारेज गरेको थियो । अधिकांश जनता समेत निर्वाचनमा सहभागि भएका थिएनन् । भोट हाल्न गएपनि रद्ध गरेर आएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij