२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • नेकपाका महासचिव विप्लवकी आदरणीय आमा आशिकादेवी...
--5074

नेकपाका महासचिव विप्लवकी आदरणीय आमा आशिकादेवी चन्दको निधन

नेकपाका महासचिव विप्लवकी आदरणीय आमा आशिकादेवी चन्दको निधन

शनिवार, मंसिर १७ २०७९
शनिवार, मंसिर १७ २०७९
  • बुटवल । नेकपाका महासचिव विप्लवकी आदरणीय आमा आशिकादेवी चन्दको निधन भएको छ । केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । 

    उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी सेवन गरी आराम गरिरहनु भएकी आशिकादेवी चन्दको शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको डा.प्रकाश चन्दले बताउनुभएको छ ।

    टाउको गम्भीर चोट लागेर रगत जमेपछि बयोबृद्ध उमेरका कार(ा अप्रेसन गर्न नमिलेपछि घरमा लगिएको थियो । उहाँको परिवार, आफन्तजन र पार्टीको सल्लाहमा उहाँको अन्येष्टि गरिने नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले बताउनुभएको छ । उहाँ ९६ बर्ष उमेरको हुनुहुन्थ्यो । 

    आमा आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी हुन् । जेठो छोरा वीरजंगको गतबर्ष निधन भइसकेको छ । 

    आमा आशिकादेवीको निधनपश्चात सामाजिक सञ्जालमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने महासचिव विप्लवलगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । 

    जनबाटो परिवार आदरणीय आमा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र आदरणीय महासचिव विप्लवलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij