२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • नेकपा र सरकारवीच वार्ता, सरकारद्धारा ३...
--4882

नेकपा र सरकारवीच वार्ता, सरकारद्धारा ३ बुँदे सहमति कार्यान्वयन गर्ने तयारी

नेकपा र सरकारवीच वार्ता, सरकारद्धारा ३ बुँदे सहमति कार्यान्वयन गर्ने तयारी

नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

बिहिवार, भाद्र ३० २०७९
बिहिवार, भाद्र ३० २०७९
  • बुटवल । नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, कानुन मन्त्री गोविन्द बन्दी कोइराला र महान्यायधीवक्ता खम्मबहादुर खातीसित भएको वार्ताले नेकपामाथि लगाइएको मुद्धा, खारेज गर्ने, बन्दी रिहा गर्ने र पक्राउ पुर्जी खारेज गर्ने सहमति भएको छ । 

    सहमतिलाई नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले अनुमोदन गरेको छ । वार्ता प्रक्रियामा नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्डले नेतृत्व गर्नुभएको थियो । यसअघि महासचिव विप्लवले सरकारसित ३ चरण वार्ता गर्नुभएको थियो । वार्ता र सहमतिसँगै नेकपा नेता कार्यकर्ता रिहा गर्ने, झुठा मुद्दा खारेज गर्ने र पक्राउ पुर्जी खारेज गर्ने निर्णय गरिएको थियो । चीन भ्रमण सकेर फर्किएसँगै प्रवक्ता प्रकाण्ड ले सरकारसितको भेटघाटलाई तीव्रता दिनुभएको थियो । 

    सरकारको निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एक वक्तव्य जारी गरि मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गर्नुभएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै नेकपाले सरकारलाई धन्यवाद पनि दिएको छ ।

    मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले वक्तव्यमा बताउनुभएको छ । वक्तव्यमा ‘सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ’ उल्लेख गरिएको छ ।

    नेकपासँग तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेको थियो । त्यसपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि तीन बुँदे सहमति अनुसार काम गरेको भन्दै नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति अनुसार पार्टीको दायित्वप्रति इमान्दार र प्रतिबद्ध रहेको प्रष्टीकरण दिनुभएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij