गुल्मी । गुल्मीको ठूलोलुम्पेकमा ल्हुम्पेक कला था साहित्य यात्राको विषयगत शृङ्खला- ३ शनिबार सम्पन्न भएको छ ।
शृङ्खला- ३ मा पहिरनमा गुन्युचोली, गीतमा जनताको सुखदुःख र गीत संगीत क्षेत्रमा ल्हुम्पेक विषयक अन्तरक्रिया र विमर्श गरिएको थियो । कार्यक्रममा एक दर्जनभन्दा बढी सर्जकहरूले सिर्जना प्रस्तुत गरेका थिए ।
'पहिरनमा गुन्युचोलो' विषयक अवधारणापत्र प्रदिपा राना थापा र तेजकुमारी थापाले प्रस्तुत गरेका थिए भने उक्त अवधारणापत्रमाथी टिप्पणी ज्ञानुमाया त्रामुले गरेका थिए । 'गीतमा जनताको सुखदुःख' विषयक अवधारणापत्र नरमाया थापा राना र नेत्र रानाले प्रस्तुत गरेका थिए भने टिप्पणी बल बहादुर राहादीले गरेका थिए ।
'गीत संगीत क्षेत्रमा ल्हुम्पेक' विषयक अवधारणापत्र गुणदेव सिंजाली र यम तरामु मगरले प्रस्तुत गरेका थिए भने टिप्पणी जीवमाया रानाले गरेका थिए । कार्यक्रममा प्रदीप राहादी, गुणदेव सिंजाली, नरमाया थापा राना, गिरी राहादी, देव तरामु, गुणदेव थापा, चन्द्रकला विक, भागी सिंजाली फौजा, इन्द्रा थापा, समीर सुनार, स्नेहा थापा लगायत एक दर्जनभन्दा सर्जक/ कलाकारहरूले सिर्जना प्रस्तुत गरेका थिए ।
विषयगत शृङ्खला- ४ आगामी असोज १५ गते हुने ल्हुम्पेक कला तथा साहित्य यात्राका संयोजक गुणदेव सिंजालीले बताए ।
उक्त कार्यक्रमको अध्यक्षता यात्राका संयोजक गुणदेव सिंजाली, विशेष अतिथि जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया थापा राना र सहजीकरण शिक्षक प्रदीप राहादी मगरले गरेका थिए ।
