२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • बुटवलमा 'सिर्जना चौतारी'को मासिक चौथो श्रृंखला...
--4622

बुटवलमा 'सिर्जना चौतारी'को मासिक चौथो श्रृंखला सम्पन्न

बुटवलमा 'सिर्जना चौतारी'को मासिक चौथो श्रृंखला सम्पन्न

शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९
  • बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीले नियमित मासिक श्रृखला सिर्जना चौतारीको चौथो श्रृंखला कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । 
    कार्यक्रममा १३ जना स्रष्टाहरुले गीत कविता गजल लगायतका सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै नेकपाका जिल्ला नेता तथा ३ नम्बर कमाण्ड इन्चार्ज नविनले सिर्जना चौतारी कार्यक्रम सिक्ने,सिकाउने,कला क्षमताको विकाश गर्ने थलो रहेको बताउँदै लेखक साहित्यकार सांस्कृतिक कर्मीहरुले कला गीत संगीत र बौद्धिक क्षेत्रबाट सांस्कृतिक रुपान्तरण गर्नुपर्ने बताए । 

    उनले कलाकार सांस्कृतिक कर्मीहरुले गाउने गीत र गरीने सिर्जनामा सत्य घटना र समाज रुपान्तरणका पक्षमा हुनुपर्ने बताउँदै  दलाल पुँजीवादी संस्कृति र उपभोक्तावादी संस्कृतिकोविरुद्व एकाकार भएर सिर्जना चौतारी मार्फत अगाडि बढ्नुपर्ने यसलाई फराकिलो बनाउँदै निरन्तरता दिनुपर्ने बताए । 

    कार्यक्रममा रेश्मी बुढा मगर,प्रविण न्यौपाने,पदम पराजुली,प्रतिक्षा पौडेल,मनोज न्यौपाने,अनुष्का पोखरेल,सीता मगर,नयन अर्याल,बिहानी मगर प्रमिसा क्षेत्री, पुर्णिमा मगर, गंगा परियार,पुजा मगर लगायतले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी विश्वास, बुटवल नगर ईन्चार्ज बिरेन्द्र बि.क,बुटवल नगर सेक्रेटरी रोमियो,जिल्ला सदस्य खगेन्द्र जिल्ला सदस्य राजु रसाइली लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रम अखि नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीका अध्यक्ष बिहानी मगरको अध्यक्षता र  संग्रामी सांस्कृतिक परिवारका कलाकार प्रमिसा क्षेत्रीको सञ्चालनमा भएको थियो ।

    सिर्जना चौतारीको नियमित पाँचौं श्रृंखला साउन ७ गते हुने बिहानी मगरले बताइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij