बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले अमेरिकी साम्राज्यवादी हस्तक्षेप र पेट्राेलियम पदार्थकाे मुल्य वृद्विकाे विरूद्व विराेध प्रर्दशन कार्यक्रम बुटवलमा सम्पन्न गरेकाे छ ।
कार्यक्रममा बाेल्दै नेकपाका जिल्ला नेता एवं रूपन्देही १ नम्बर कमाण्ड इन्चार्ज बिरेन्द्र बि.कले अमेरिकी साम्राज्यवादले विभिन्न बाहानामा हस्तक्षेप गरेकाे बिषयमा बिगत देखि नै एमसीसी संझाैता नेपालकाे राष्ट्रिय स्वाधिनताकाे पक्षमा,नेपाली जनताकाे पक्षमा ,नेपालकाे विकास निर्माणकाे पक्षमा नभएकाे र राष्ट्रघाती संझाैता भएकाे भन्दै यसलाई खारेज गर्नुपर्ने मागसहित नेकपाले निरन्तर संङ्घर्षमा लाग्ने बताए ।
उनलेे अमेरिकी साम्राज्यवादका दलालहरुले नेपाल आमाकाे छातिमाथि बज्रपात गरेर राष्ट्रघात संझाैतामाथि गरेकाे हस्ताक्षर प्रति एक दिन नेपाली जनताले हिसाब किताब गर्ने छन् र लखेट्नेछन् त्यसमा नेकपा निरन्तर संङ्घर्षमा लाग्ने बताए । आइपिएसकाे सेना प्रमुख नेपालमा आएर निरिक्षण गर्दै छ र नेपाली सेनालाई विभिन्न समस्याका रुपमा ,तालिमका रुपमा परिचालन गरेर रणमैदान बनाउन खाेजेकाे बताए।
एमसीसी संसदबाट पास गर्ने कुचेष्टा गर्नु नै नेपाल देशलाई बेच्नु भएकाे बताए ।
राष्ट्रघाती एमसीसी संझाैता जनताद्वारा अस्विकृत संझाैता भएकाे यसकाे खारेज बाहेक अर्काे विकल्प नभएकाे बताए ।
पेट्राेलियम पदार्थकाे मूल्य बर्षमा दशाैं पटक मूल्य वृद्वि भएपनि नेताहरु चुपचाप अालिसान महलमा बसेकाे बताए । बढ्दाे मूल्य वृद्वि तत्काल खारेज गर्नुपर्ने भन्दै यसका विरुद्व नेकपा निरन्तर लाग्ने बताए ।
कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास लगायत जिल्लाका नेता कार्यकर्ता सहितकाे उपस्थिती रहेकाे थियाे
कार्यक्रम नेकपा जिल्ला सदस्य तथा बुटवल नगर सेक्रेटरी एन बि शाहीले गरेका थिए ।
