२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • इच्छुक स्मृति दिवसमा बुटवलमा नवविसर्जनवादविरुद्ध सिर्जना...
--4497

इच्छुक स्मृति दिवसमा बुटवलमा नवविसर्जनवादविरुद्ध सिर्जना विमर्श

इच्छुक स्मृति दिवसमा बुटवलमा नवविसर्जनवादविरुद्ध सिर्जना विमर्श

'सांस्कृतिक क्षेत्रमा देखिएको नवपलायनवाद र नवविसर्जनवाद विरुद्ध कठोर संघर्ष जरुरी'

शुक्रवार, जेठ १३ २०७९
शुक्रवार, जेठ १३ २०७९
  • बुटवल । नेकपा सम्बद्ध सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देहीले २१ औं सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा सांस्कृतिक पलायनवाद र नवविसर्जनवादविरुद्ध माक्र्सवादी सिर्जना विमर्श कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । 

    कार्यक्रममा बोल्दै नेकपाका रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले कवि कृष्णसेन इच्छुक विचारप्रति दृढ रहेर दुस्मनसँग आफ्नो गोपनियता भंग नगरेर सर्वहारा वर्गको निम्ति जीवनको बलिदान गरेको बताए । उनले सांस्कृतिक क्षेत्रमा देखिएको नवपलायनवाद र नवविसर्जनवाद विरुद्ध कठोर संघर्ष जरुरी भएको भन्दै एकीकृत जनक्रान्तिमा कृष्णसेन जस्तो जुझारु पत्रकार र क्रान्तिकारी स्रष्टाको खाँचो रहेको पनि बताए । विचार क्रान्ति व्यक्तिगत जीवनभन्दा माथि र फरक रहेको भन्दै हामीले पनि व्यक्तिगत जीवनभन्दा माथि उठेर कृष्णसेन इच्छुकले देखाएको बाटोमा अपुरो क्रान्तिलाई पूरा गर्ने सपना लक्ष्यसहित एकीकृत जनक्रान्तिको यात्रामा लामवद्ध हुनुपर्ने बताए ।

    देवदह नगर इन्चार्ज हिमालले कृष्ण सेन इच्छुक समाजवादी यथार्थवाद तथा प्रगतिवादी धारका सशक्त कवि एवं पत्रकार रहेको बताए । उनले महान उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले आफुलाई समर्पित र बलिदान गर्ने उदाहरणका रुपमा कृष्ण सेन रहेको बताउँदै उहाँले देखाएको बाटोमा निरन्तर लाग्ने बताए ।

    सैनामैना नगर इन्चार्ज नविनले नेकपा कृष्णसेन इच्छुकले देखाएको बाटो अगाडी बढिरहेको बताउदै २१ औं सांस्कृतिक बलिदान दिवस मनाउनुको अर्थ यसैमा रहेको बताए । उनले इच्छुक पद, पैसा, प्रतिष्ठाको लागि नभएर सिंगो देश परिवर्तनको लागि कलमको सेना रहेको र कलम चलाएकै आधारमा उहाँले आफ्नो जीवन बलिदान गर्नुपरेको बताए । उनले इच्छुक जस्तो बन्न नसकेपनि उहाँले देखाएको बाटो पछ्याउने बताए ।

    नेकपा बुटवल नगर इन्चार्ज बिरेन्द्र बिकले इच्छुकले नेपाली क्रान्ति र नेपाल परिवर्तनका लागि देखाएको बाटोमा वैज्ञानिक समाजवाद नआएसम्म निरन्तर लाग्ने बताए । 
    अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य विष्णु बहादुर राउतले कृष्ण सेनले निरंकुश शासनका विरुद्ध कलम मार्फत् लड्दै गर्दा आफ्नो बलिदान दिएको बताए । उनले सेनका अधुरा सपना र उहाँले देखाएको बाटो लाग्ने बताए । कार्यक्रममा कृष्ण सेन इच्छुकका कविता र अन्य १० वटा कविताहरु वाचन र गीत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा बिरेन्द्र बिक, विष्णु बहादुर राउत, प्रविण न्यौपाने, बिहानी मगर, निशा बुढा मगर लगायतले कविता, गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कृष्ण सेन इच्छुकको फोटोमा अविर तथा माल्यार्पण गरिएको थियो । कार्यक्रम अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देही अध्यक्ष बिहानी मगरको अध्यक्षता र अखिल नेपाल जनकलाकार संघ रुपन्देही संयोजक रेश्मी मगरको सन्चालमा भएको थियो । हरेक बर्ष रुपन्देहीमा महासंघले इच्छुकको सम्मान र सम्झनामा कार्यक्रम गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij