२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • साम्राज्यवाद कुनै अलौकिक शक्ति होईन :...
--4175

साम्राज्यवाद कुनै अलौकिक शक्ति होईन : विप्लव

साम्राज्यवाद कुनै अलौकिक शक्ति होईन : विप्लव

बिहिवार, चैत्र २४ २०७८
बिहिवार, चैत्र २४ २०७८
  • बुटवल । नेकपाका महासचिव विप्लवले बुधवार आफ्नो पार्टी निकट युवा संगठन नेपालको केन्द्रिय समितिको वैठकका सन्दर्भमा मगर  राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समिति र रूपन्देहीका जिल्ला स्तरका कार्यकर्तालाई प्रशिक्षण  गर्नुभएको छ ।


    प्रशिक्षण दिँदै उहाँले  एमसीसीले नेपाललाई नवउपनिवेशतर्फ धकेल्न खोजेको भन्दै साम्राज्यवाद कुनै अलौकिक शक्ति नभएको र त्यसलाईृ देखाएर भाग्न जरूरी नभएको बताउनुभयो । 

    पार्टीविरुद्व अनलाइन मिडियाहरुमा  स्थानिय चुनावबारे भ्रामक प्रचार गरेर बदनाम गर्न  खोजेपनि यस्ता भ्रामक प्रचारलाई परास्त पार्दै  दलाल संसदीय व्यवस्थाको विकृतिको  निरन्तर भण्डाफोर गर्दै देशभक्त, एमसीसी विरोधिलाई सहयोग गर्ने बताउनु भयो ।  

     एकीकृत जनक्रान्तिको कार्यदिशासँगै पार्टीले सम्पत्तिको स्वामित्व, राजनीतिक प्रणाली, शासकीय स्वरुपका विषयमा छलफल बढाएको पनि बताउनु भयो । नेता भएर माक्र्स र लेनिनका कोटेसनहरु सुनाएर क्रान्ति सम्पन्न नहुने र जनतासँग कृषि र श्रममा निरन्तर जोडिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी निरन्तर कृषिमा जोडिएको र उत्पादनमा आत्म निर्भर हुँदै गएको बताउनुभयो । 

    उहाँले नेपाल कम्युनिष्ट पार्टी नेपाली राजनीतिको वैकल्पिक पार्टी रहेको र यसको निकास एकिकृत जनक्रान्ति रहेको बताउनु भयो । 
    बुधवारदेखि सुरुभएको युवा संगठन नेपालको वैठक अझै जारी रहेको छ । 

    कार्यक्रममा नेकपाका केन्द्रिय सचिवालय सदस्य विषम, केन्द्रिय सदस्य तथा युवा फ्यासन ईन्चार्ज कृति, केन्द्रिय सदस्य सन्जिव लगायत नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij