२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--4124

अखिल (क्रान्तिकारी)द्वारा बुटवलमा छात्रामाथि यौनहिंसाबारे अन्तरक्रिया

अखिल (क्रान्तिकारी)द्वारा बुटवलमा छात्रामाथि यौनहिंसाबारे अन्तरक्रिया

बुधवार, चैत्र १६ २०७८
बुधवार, चैत्र १६ २०७८

  • बिहानी मगर । बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) छात्रा विभाग, लुम्विनी प्रदेशले छात्रामाथि हुने यौंन हिंसा र यसको अन्त्यबारे बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।

    अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपाका बुटवल नगर सेक्रेटरी बिरेन्द्र बि.कले महिलामाथि मानसिक, शारीरिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा हिंसा भएको बताए । बिकले पुँजीवादले सुन्दरताको नाममा महिलालाई साधनको रूपमा प्रयोग गरेको बताउँदै यस्ता हिंसात्मक घटनाको अन्त्य अहिलेको राज्यसत्ताबाट संभव नभएकोले महिलाहरूले हिंसा अन्त्यका लागि यस्ता खालका घटनाहरूलाई साझा बिषय  बनाएर  लाग्नुपर्ने बताए ।  


    अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष रूपा बुढा मगरले केही समय अगाडि मोरङ, चितवन र सल्यानमा छात्रामाथि भएको यौंनजन्य हिंसाको घोर भत्र्सना गर्दै राज्यव्यवस्थाका हिंसा भोगिरहन परेको भन्दै व्यवस्था परिर्वतनका लागि सचेत युवा बिद्यार्थीहरू लाग्नुपर्ने बताइन् ।


    नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालका केन्द्रीय उपमहासचिव सरिता श्रीस मगरले पुँजीवादले महिलालाई बस्तुको रूपमा चित्रण गरिदिएको र महिला पुरुषका व्यक्तिगत सम्पत्ति बनाएको बताइन् । उनले महिलालाई महिला कै आवरणमा हिंसा गर्ने पितृसत्ताका मतियार हुन सक्ने भन्दै यसमा सचेत र संघर्ष गर्नुपर्ने बताइन् ।
    अधिवक्ता तथा मानव अधिकारकर्मी,राष्ट्रिय स्वाधीनताको लागि नागरिक मञ्चका संयोजक पदम कार्कीले महिलाहरूले आफुमाथि भएको हिंसा व्यक्त गर्न नसक्नु भनेको पनि हिंसा भएको बताए । उनले नावालिका, असक्त महिला, बृद्ध महिलामाथि हुने यौनजन्य अपराधको फासी बाहेक सबै सजाय हुने बताए । उनले अब बिद्यालयमा शिक्षक चयन गर्दा शैक्षिक योग्यता मात्र नभएर उसको मनोदशा पनिमा ख्याल गर्नुपर्ने बताए । 


    कार्यक्रममा अखिल (क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष पारस राहादी मगरले छात्राहरुमाथि हुने यौनहिंसा र यसको अन्त्यबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए भने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य साया सापकोटाको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) छात्रा विभाग लुम्विनी प्रदेश प्रमुख अमृता घर्तीले गरेकी थिइन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij