२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--3971

जनयुद्धमा बेपत्ता भएका परिवारको वेथा 

जनयुद्धमा बेपत्ता भएका परिवारको वेथा 

सोमवार, फाल्गुण ३० २०७८
सोमवार, फाल्गुण ३० २०७८
  • गीत 

          
    हुन्छ कि भेट भनेर सधै निदाउन मन लाग्छ 
    देख्छु कि कतै नराम्रो सपना निदाउन डर लाग्छ 

    घुर्मैलो सम्चार सुनेको मैले पत्याउने कसरी
    युद्धको घाउ लागेको मनमा मेटाउने कसरी 
    बिर्सेर सबै अतितका कथा निदाउन मन लाग्छ 
    देख्छु कि कतै नराम्रो सपना निदाउन डर लाग्छ 

    युद्धको मैदान गोलीको वर्षा चलेको थियो रे 
    सपना मिठा बोकेर तिमी गर्जेका थियौ रे
    के भयो बाँकी नसुन्न भनी निदाउन मन लाग्छ 
    देख्छु कि कतै नराम्रो सपना निदाउन डर लाग्छ 

    रगतको भेल लासको थुप्रो खोजेर हेरियो
    नामो निशाना भेटेनौ कतै हैरान परियो
    योभन्दा अरू नसुन्न परोस् निदाउन मन लाग्छ 
    देख्छु कि कतै नराम्रो सपना निदाउन डर लाग्छ 

    रोएर बित्छ हरेक रात मन भुल्न जान्दैन 
    सपनाभरि देखेर मन अघाउन मान्दैन 
    छोडेर सबै मनका घाऊ निदाउन मन लाग्छ 
    देख्छु कि कतै नराम्रो सपना निदाउन डर लाग्छ

    हाल : लण्डन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij