२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • अर्थ/ उत्पादन
  • नेकपा रूपन्देही सामूहिक उत्पादनमा, सैनामैनामा पाँच...
--3891

नेकपा रूपन्देही सामूहिक उत्पादनमा, सैनामैनामा पाँच क्वीन्टल आलु उत्पादन

नेकपा रूपन्देही सामूहिक उत्पादनमा, सैनामैनामा पाँच क्वीन्टल आलु उत्पादन

शनिवार, फाल्गुण २१ २०७८
शनिवार, फाल्गुण २१ २०७८
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामूहिक श्रम गरी आलु उत्पादन गरेको छ । जिल्लाको सैनामैनामा नेकपाले लगाएको आलु शनिबार जिल्ला नेता तथा कार्यकर्ताहरुले खनेका छन् । 
    पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत रुपन्देहीमा नेकपाले आलु खेती गरेको थियो । पार्टीका जिल्ला नेता, सैनामैना नगर कमिटी र स्थानीय जनताको सामूहिक श्रमबाट आलु उत्पादन गरेको हो । 

    बेमौसमी खेती अन्तर्गत नेकपाले सैनामैनामा ३ कट्ठा जमिनमा ५ क्वीन्टल आलु उत्पादन गरेको हो । अझ प्रतिकूल मौसम र प्रकोपका कारण पर्याप्त आलु उत्पादन गर्न नसकिएको जिल्ला सेक्रेटरी विश्वासले बताउनुभयो । उहाँले पार्टी नेतादेखि कार्यकर्तालाई अनिवार्य सामूहिक श्रममा जोड्न जिल्लामा उत्पादनलाई जोड दिइएको बताउदै सामूहिक श्रम कम्युनिस्ट पार्टीको विश्वदृष्टिकोणसित जोडिएको बताउनुभयो । 

    जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा भएको आलु खन्ने सामूहिक श्रममा नेकपा रुपन्देहीका तत्कालीन इन्चार्ज संगम, जिल्ला नेता, जबस मोर्चा सम्बद्ध नेता कार्यकर्ता, सहिद परिवार र स्थानीय पार्टी सदस्यहरुको सहभागिता रहेको थियो । 

    बेमौसमी आलु लगाउदा नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृतिको समेत उपस्थिति रहेको थियो । जिल्लामा उत्पादनलाई थप विस्तार र व्यवस्थित गरिने इन्चार्ज कृतिले बताउनुभएको छ । नेकपाले पूर्णकालीन नेता कार्यकर्तालाई देशैभर राजनीतिक वैचारिक कामका साथसाथै सामूहिक श्रममार्फत् उत्पादनमा अनिवार्य जोड्ने नीति तय गरेको छ । 


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij