२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • रूपन्देहीमा नेकपाद्वारा सहिद तथा बेपत्ता परिवारजनलाई...
--3872

रूपन्देहीमा नेकपाद्वारा सहिद तथा बेपत्ता परिवारजनलाई अभिनन्दन

रूपन्देहीमा नेकपाद्वारा सहिद तथा बेपत्ता परिवारजनलाई अभिनन्दन

'सहिदहरुका सपना एकीकृत जनक्रान्तिमार्फत् पुरा हुन्छ' : कृति

बिहिवार, फाल्गुण १९ २०७८
बिहिवार, फाल्गुण १९ २०७८
  • बुटवल । नेकपाका केन्द्रीय सदस्य एवं रूपन्देही इन्चार्ज कृतिले सहिदहरुको सपना पार्टीले पुरा गर्ने बताउनुभएको छ । उहाँले सहिदका सपनाहरूमाथि प्रचण्ड बाबुरामले गम्भीर धोका दिएको भन्दै जनयुद्धका बाँकी सपनाहरु एकीकृत जनक्रान्तिमार्फत् पुरा गर्ने बताउनुभयो । 

    नेकपा रुपन्देहीद्वारा २७ औं जनयुद्ध दिवस तथा सहिद सप्ताहको सन्दर्भमा आयोजित सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै कृतिले देशको राष्ट्रियता गम्भीर सङ्कटमा परेको भन्दै देश बचाउनका लागी राष्ट्रिय मुक्ति आन्दोलन प्रधान बनेर आएको बताउनुभयो । उहाँले संसदले एमसीसी पास गरेपछि देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर प्रश्न उठेको भन्दै सत्ता र कुर्सीका लागी देशलाई बलि चलाउनु गम्भीर राष्ट्रघात भएको बताउनुभयो । उहाँले सहिदहरुको रगत र बलिदानलाई खेर जान नदिने बताउदै उहाँहरुको स्मृति र सम्मानमा सहिद स्मृति प्रकाशनका साथै शिवगढीमा जनक्रान्तिका सहिदहरुको प्रतिमाहरुसहित जनसङ्ग्रहालय बनाउन लागिएको बताउनुभयो ।  

    कार्यक्रममा नेकपा रुपन्देहीका तत्कालीन इन्चार्ज संगमले महान सहिदहरुको सपनाहरुलाई कहिल्यै बिर्सन नसकिने भन्दै प्रतिक्रियावादी राज्यसत्ताका जेल र हिरासतमा रहँदा सहिदहरुको योगदानलाई निकै स्मरण गरेको बताउनुभयो । उहाँले क्रान्तिकारीहरुका लागी जेल हिरासत संघर्षको अनिवार्य मोर्चा भएको भन्दै पार्टी र क्रान्ति जीवनका कष्टपूर्ण अप्ठ्याराहरुमा क्रान्तिकारीहरु सफल हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल एउटा देश भएपनि जेल क्रान्तिकारीहरुलाई षड्यन्त्रपूर्वक बन्दी बनाएर यातना दिने अर्को देश भएको बताउनुभयो ।  

    नेकपा जिल्ला सेक्रेटरी विश्वासले सहिदका सपनाहरु पुरा गर्न सहिद परिवारको महत्वपूर्ण योगदान हुने भन्दै क्रान्तिका बाँकी सपनाहरु पुरा गर्न सबै लामबद्ध हुनुपर्ने बताउनुभयो । जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका केन्द्रीय सचिव जया पौडेलले सहिद तथा वेपत्ता परिवारहरुले उनीहरुका सपनालाई आत्मसम्मान गर्नुपर्ने बताउदै ती अधुरा सपनाहरु पुरा गर्न सबैले साथ दिनुपर्ने बताउनुभयो । सहिद परिवारका तर्फबाट बोल्दै सोनिया यादवले सहिदका सपनालाई अलपत्र पारिएको भन्दै ती सपनाहरु पुरा गर्न आफुहरु तयार रहेको बताउनुभयो । सहिद परिवार लता घिमिरेले जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुका सपनाहरुमाथि धोका भएको भन्दै त्यो सपना पुरा गर्न आवश्यक रहेको बताउनुभयो । 

    सहिद अभिनन्दन कार्यक्रममा रुपन्देहीका ४१ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । विभिन्न कारणले सम्मान कार्यक्रममा आउन छुटेका सहिद तथा बेपत्ता परिवारजनलाई घरमा पुगेर सम्मान गर्ने जिल्ला सेक्रेटरी विश्वासले बताउनुभयो । 

    कार्यक्रममा तत्कालीन रुपन्देही इन्चार्ज संगम १९ महिना जेल जीवन बिताएर रिहा भएको सन्दर्भमा उहाँलाई सम्मान समेत गरिएको थियो । सङ्ग्रामी सांस्कृतिक परिवारको प्रस्तुति समेत रहेको कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य नवीन थारूले गर्नुभएको थियो भने सेक्रेटरी विश्वासको अध्यक्षता रहेको थियो । 

    रूपन्देहीमा हरेक बर्ष नेकपाले सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान गर्दै आएको छ । यो बर्ष शंकरनगर बनबाटिकामा रहेका सहिद स्मृति भवनमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको हो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij