२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--3551

घुर्की नलाऊ अब

घुर्की नलाऊ अब

आइतवार, माघ २३ २०७८
आइतवार, माघ २३ २०७८
  • (कवि मिनबहादुर राना गुल्मी फोक्सिङका हुन् । निकै लामो समयदेखि बुटवलमा रहेर प्रगतिवादी साहित्य क्षेत्रमा क्रियाशील रहेका कवि राना अहिले लण्डनमा रहेका छन् । रानाको विभिन्न कृतिहरु प्रकाशित रहेका छन् ।


    बैरीको सजिलो हुने गरि सबै फत्ते गर्याै काम ती
    अर्काको कति खोइरो खनिबस्यौ आफ्नो बिगार्याै मति 
    बेच्दै देश कमाउँदै मरणको गाना नगाऊ अब
    तिम्रा बोली कहाँ कहाँ चुकिसके फुर्की नलाऊ अब 

    बोली मात्र मिठा गरेर अब के होला त राम्रो देश
    देखायौ व्यवहारमा सब कुरो बन्ला त हाम्रो देश
    भो पर्दैन घुमाउरो गफहरू लाजै रहेन अब
    तिम्रा दर्शन ती कहाँ बिकिसके घुर्की नलाऊ अब 

    चोखो बन्न अनेक भाँती लफडा पर्दैन बेसाउन
    सक्नेले अब जे गरे पनि भयो मार्याै सबै कानुन 
    बाँकी छैन कुनै उपाय र रम्यौ गर्दै दलाली अब 
    को बिक्यो कसरी कहाँ बुझिसक्यौँ धम्की नदेऊ अब 

    -प्लम्स्टिड, लण्डन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij