२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • रूपन्देहीमा  नेकपाका जबस मोर्चाद्वारा आयल निगम...
--3539

रूपन्देहीमा  नेकपाका जबस मोर्चाद्वारा आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय घेराउ

रूपन्देहीमा  नेकपाका जबस मोर्चाद्वारा आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय घेराउ

शुक्रवार, माघ २१ २०७८
शुक्रवार, माघ २१ २०७८
  • बुटवल । नेकपा निकट जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्विविरूद्व नेपाल आयल निगम लि.लुम्बिनी प्रादेशिक कार्यालय भलवारीमा घेराउ गर्दे विरोध प्रदर्शन सम्पन्न गरेको छ । 

    विरोधसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय महासचिव श्याम सेन्चुरीले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्विले पेट्रोलियम पदार्थमा मात्रै निर्धारण नगर्ने र यसले जनताका उभगोग गर्ने दैनिक उपभोग्य वस्तुमा महंगिको निर्धारण गर्ने भएकोले यो मूल्यवृद्वि सरासर गलत भएको र सरकारले मूल्यवृद्वि फिर्ता लिनुपर्ने बताउँदै यसको विरूद्व आम जनता सडकमा निस्केर दबावमुलक कार्यक्रममा सहभागि बन्नुपर्ने बताए ।

    नेकपाका बुटवल नगर सेक्रेटरी बिरेन्द्र बिकले दलाल सरकार जनतामाथि महंगि थुपारेर आफूलाई चुवानमा खर्च गर्ने पैसा असुल गर्ने योजनामा लागेको बताए । उनले जनतामाथि लादिने कुनै पनि महंगिहरू सरकारले अगाडी बढाउँछ भने त्यसका विरूद्व आन्दोलमा निरन्तर लाग्ने बताए । बिकले यो मूल्यवृद्वि फिर्ता गर्न शान्तिपूर्ण विरोध गरिएको बताउँदै मूल्यवृद्वि फिर्ता नभए कडा संङ्घर्ष  गरिने बताए ।

    विरोध कार्यक्रममा रूपन्देहीमा रहेका जबस मोर्चाहरू युवा संगठन संगठन नेपाल, अखिल (क्रान्तिकारी), अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, श्रमिक समुदाय मोर्चा नेपाल, जनक्रान्तिका लागी महान सहिद परिवार संगठन नेपाल, मुस्लिम मुक्ति मोर्चा नेपाल, मगर मुक्ति मोर्चा नेपाल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)लगायतको सहभागिता रहेको थियो । 

    कार्यक्रम युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीको सञ्चालनमा भएको थियो । संयुक्त जवसहरूको केन्द्रिय कार्यक्रम अनुसार आज रूपन्देहीका जवसहरूले विरोध प्रदर्शन गरेका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij