२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • बुटवलमा नेकपाको जबस मोर्चाद्धारा मूल्यवृद्धिविरुद्ध संयुक्त...
--3524

बुटवलमा नेकपाको जबस मोर्चाद्धारा मूल्यवृद्धिविरुद्ध संयुक्त कोणसभा

बुटवलमा नेकपाको जबस मोर्चाद्धारा मूल्यवृद्धिविरुद्ध संयुक्त कोणसभा

बिहिवार, माघ २० २०७८
बिहिवार, माघ २० २०७८
  • बुटवल । नेकपा निकट जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा बुटवलमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध कोणसभा सम्पन्न गरेको छ । 
    कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सदस्य एनबी शाहीले सरकारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेर जनताको ढाड सेकेको भन्दै जनविरोधी सरकारविरुद्ध संघर्षको विकल्प नभएको बताए । उनले सरकार दलालहरुको भएको भन्दै मूल्यबृद्धि फिर्ता नगरिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताए । 

    अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगर र जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका केन्द्रीय सचिव जया पौडेलले सरकार माफियाहरुले चलाएको भन्दै आयल निगम भ्रष्टचारीहरुको अखडा भएको बताए । उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अबिलम्ब फिर्ता गर्नुपर्ने भन्दै नत्र संघर्षलाई तीब्रता दिइने बताए । 

    नेकपाले मूल्यबृद्धि विरुद्ध देशव्यापी संघर्ष अन्तर्गत रुपन्देहीमा जबस मोर्चाले संयुक्त विरोध कोणसभा गरेको हो । आयल निगमले इन्धनमा सोमबार राती १२ बजे रातीदेखि लागुहुने गरी पेट्रोल र डिजेलमा ३ को दरले मूल्यवृद्धि गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij