२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--3493

नेकपा रूपन्देहीद्वारा दिवंगत बञ्जाडेप्रति श्रद्वाञ्जली (वक्तव्यसहित)

नेकपा रूपन्देहीद्वारा दिवंगत बञ्जाडेप्रति श्रद्वाञ्जली (वक्तव्यसहित)

सोमवार, माघ १७ २०७८
सोमवार, माघ १७ २०७८
  • बुटवल । नेकपा रुपन्देहीले पार्टी सदस्य एवं सैनामैना नगरपालिका वडा नं. ६, सुखौरा निवासी ७८ बर्षीय श्यामलाल बञ्जाडेको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी विश्वासले सोमबार शोक वक्तव्य जारी गर्दै बञ्जाडेको निधनले पार्टीलाई स्तब्ध बनाएको बताउदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएको छ । 

    उहाँले पञ्चायतकालीन समयदेखि वाम आन्दोलन हुँदै जनआन्दोलनपछि माओवादी आन्दोलनमा जोडिनुभएको भन्दै जीवनको अन्तिमसम्म समेत क्रान्तिकारी धारमा रहेर बञ्जाडेले महत्वपूर्ण योगदान गरेको बताउनु भएको छ । 

    बञ्जाडेले पार्टीमाथि प्रतिबन्धको समयमा समेत पार्टीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । 

    बञ्जाडेको एक छोरा, पाँच छोरी र नाति नातिनाहरु रहेका छन् । उहाँलाई नेकपाले हेरचाह समेत गर्दै आएको थियो । उहाँ २००० साल माघ २४ गते पाल्पाको भुवनपोखरी वडा नं. १ तालपोखरामा जन्मिई २०३९ सालदेखि रूपन्देहीको सैनामैना सुखौरामा बस्दै आउनुभएको थियो । बञ्जाडेको मगरघाटमा अन्त्येष्टि गरिएको थियो भने नेकपाका जिल्ला सदस्य नवीन थारुले पार्टीको झण्डा ओढाउनु भएको थियो । अन्त्येष्टिमा नेकपाका नेता तथा कार्यकर्ता, परिवारजन, आफन्तहरुको उपस्थिति रहेको थियो । 

    वक्तव्यको पूर्णपाठ-

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij