२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति जनपत्रकार संगठनद्वारा कारवाहीको...
--3486

सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति जनपत्रकार संगठनद्वारा कारवाहीको माग

सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति जनपत्रकार संगठनद्वारा कारवाहीको माग

आइतवार, माघ १६ २०७८
आइतवार, माघ १६ २०७८
  • बुटवल । कपिलवस्तुमा सञ्चारकर्मीहरुमाथि गरिएको दुर्व्यवहारप्रति जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाहीको माग गरेको छ । 

    संगठनको प्रदेश अध्यक्ष दीपेश पराइ बिष्टले आइतबार एक वक्तव्य जारी गर्दै कपिलवस्तुको बिजयनगर गाउँपालिकामा सञ्चालित शिव इटा उद्योेगमा बालबालिकालाई मजदुरको प्रयोग गरिएको सार्वजनिक भएपछि समाचार संकलनका लागी पुगेका सञ्चारकर्मीहरु जनलहर डटकममा अनिल थारू, बुटवल टुडेका कपिलवस्तु संवाददाता राम अवतार चौधरी र रेडियो शिवराज,कपिलवस्तुका प्राविधिक तथा रिपोर्टर घनश्याम भरलाई उद्योगका सञ्चालक सन्दीप मौर्या र मुम्सी महताव (पप्पु) खानले दुर्व्यवहार गरेको बताएका छन् । 

    वक्तव्यमा विष्टले सञ्चारकर्मीलाई ज्यान लिन सक्नेगरी गरी दिइएको धम्कीप्रति घोर निन्दा एवं भत्र्सना समेत गरेका छन् । वक्तव्यमा आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेको जनपत्रकारहरुमाथि उद्योग सञ्चालकले गरेको दुव्र्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भएको बताइएको छ । यस घटनाबारे सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग समेत गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij