२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • नेकपा अर्घाखाँचीद्वारा 'चन्दा' आरोपप्रति खण्डन, जनसत्तालाई...
--3432

नेकपा अर्घाखाँचीद्वारा 'चन्दा' आरोपप्रति खण्डन, जनसत्तालाई कर अनिवार्य तिर्नुपर्ने प्रष्टोक्ति

नेकपा अर्घाखाँचीद्वारा 'चन्दा' आरोपप्रति खण्डन, जनसत्तालाई कर अनिवार्य तिर्नुपर्ने प्रष्टोक्ति

आइतवार, माघ ९ २०७८
आइतवार, माघ ९ २०७८
  • अनिल नेपाली । सन्धिखर्क । अर्घाखाँची जिल्लामा नेपाल कम्युनिस्ट पार्टीले 'चन्दा नदिनेलाई कारबाही ' गरेको भनी व्यापारीहरुले लगाएको आरोप खण्डन गरेको छ । जिल्लामा नेकपा अर्घाखाँचीले चन्दा नदिनेलाई कारबाही गरेको भनी व्यापारीहरुले लगाएको आरोप खण्डन गरेको हो ।

    नेकपा अर्घाखाँचीले व्यापारीले लगाएको आरोपमा सत्यता नभएको बताएको हो । नेकपाका जिल्ला सेक्रेटरि खेम घर्तिले व्यबसायीले व्यबसाय गरे बापत जनताको सरकारलाई कर तिर्नु पर्ने बताए । सन्धिखर्कका कतिपय व्यापारीहरुले आफुहरुलाई नेकपाका कार्यकर्ताहरुले मागेको चन्दा नदिएको भन्दै भौतिक आक्रमणको धम्की दिएको र कारबाही गरेको आरोप लगाएकाे बेलामा नेता घर्तिले आफुहरूले जनताको एजेन्डा बाेकेर राष्ट्र निर्माणमा हिडेकाेले यसमा साथ दिन सबैलाई आग्रह गरे ।

    नियमविपरीत चलेका उधाेग व्यबसायिकाे हामी निगरानी गर्छौ नेता घर्तिले भने । निर्माण व्यवसायी तथा व्यापारीहरुले विप्लव कार्यकर्ताहरुले चन्दा आतंक मच्चाएको तथा प्रहरी प्रशासन मौन बसेको भन्दै गुनासो कहि कतैबाट आएमा र आफ्ना कार्यकर्ता संग्लन भएको भए यसमा आफ्नो पार्टी पूर्ण रूपमा जिम्मेवारी रहेको बताए । आफनाे कसैलाई चेपुवामा पार्न नभई चेपुवामा परेका ओझेलमा परेका एजेन्डाहरुलाई संस्थागत गर्न उदाएको बताए ।

    उता साथै गत पौष २९ गते विहीवार विप्लव नेकपाका कार्यकर्ताहरुले सन्धिखर्क नगरपालिका ११ डिभर्नामा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएका थिए । भने शनिवार सन्धिखर्कको रूप्दीमा ढुङ्गा गिटी बालुवा ओसार्ने ३ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए । यस्तै विप्लव नेकपाले पछिल्लो समय दैनिक जसो सन्धिखर्क लगायत जिल्लाभर अनेकौ कार्यक्रम आयोजना गर्दै आएका देखिन्छन् ।

    यस्तै विपन्न वर्ग, गरिवहरुलाई सहयोग राहत वितरण, जनश्रमदान गरेका पनि देखिन्छन् । भने विधालयहरुमा विधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको बताउदै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij