पाल्पामा नेकपाद्धारा विष्टको पुत्लादहन

तानसेन । नेकपा पाल्पाले एमसीएका प्रमुख खड्कबहादुर विष्टको पुत्लादहन गरेको । शुक्रबार तानसेनमा विष्टको पुत्लादहन गरेको हो । 

जिल्ला सेक्रेटरी नेपाल, केन्द्रीय प्रतिनिधि समिमि सदस्य सुकुमार सीलगायत स्थानीय कार्यकर्ताको उपस्थिति रहेको थियो । पाल्पाको रामपुरमा एमसीएको कार्यालय रहेको छ भने एमसीसी परियोजना कार्यान्वयनका लागि रामपुरमा एमसीएले जग्गा अधिग्रहरण प्रक्रिया सुरु गरिसकेको छ । 

एमसीसी परियोजना देशको हित विपरित भएको भन्दै नेकपा पाल्पाले संघर्ष गर्दै आएको छ । पाल्पामा एमसीसी कार्यान्वयन भए त्यसको प्रतिरोध गर्ने जिल्ला सेक्रेटरी नेपाल सीले बताएका छन् ।