नेकपाद्धारा बुटवल उपमहानगरपालिकाको वडा सम्मेलन, सेक्रेटरीमा राधिका निर्वाचित

नेकपाद्धारा बुटवल उपमहानगरपालिकाको वडा सम्मेलन, सेक्रेटरीमा राधिका निर्वाचित

बुटवल । नेपाल कम्युनिस्ट पार्टी बुटवल महानगर समिति वडा न १३ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राधिका सिंजापति (रेश्मी) को नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्बाचित गरेको छ ।

कार्यक्रम प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल महानगर,तिलोत्तमा र सिद्धार्थनगरका इन्चार्ज बिरेन्द्र बिक रहनु भएको थियो । सम्मेलनमा नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाही, प्रगतिशील लेखक प्रकाश रानालगायतको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा पुराना वाम तथा कम्युनिस्ट नेता प्रेमनारायण भट्टराईलाई दोरसल्ला ओढाएर सम्मान गरिएको थियो । भट्टराई लामो समयदेखि अहिलेसम्म निरन्तर क्रान्तिको पक्षमा रहँदै आउनुभएको छ । 

नेकपाले जिल्ला सम्मेलन तथा ९ औं महाधिवेशन नजिकिदै गएपछि भेला सम्मेलन गरिरहेको छ ।