पाल्पामा नेकपाद्धारा विभिन्न स्थानमा विरोध सभा

पाल्पा । नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरेको छ ।

त्यसैगरी पाल्पा जिल्लाको तिनाउ, रिब्दिकोट, रामपुर लगायतका स्थानमा मोर्चा र राष्ट्रिय जनमोर्चा पार्टीले संयुक्त कोणसभा सम्पन्न गरेका छन् । परमादेशको देउवा सरकारले दिन प्रतिदिन राष्ट्रघात गर्दै गएको, जनादेश विपरीत एमसिसी पास गरेको, नागरिकता विधेयक पास गरेको, एसपिसी पास गर्ने तरखरमा लागेको, जनताको ढाड सेक्नेगरि मूल्यवृद्धि गरेको लगायत विषयमा सभाले विरोध गरेको छ ।

सभामा नेकपा जिल्ला सेक्रेटरी मिन बहादुर आले, जिल्ला सचिवालय सदस्य आकाश थापा, जिल्ला सदस्य राजिव भट्टराई, जिल्ला सल्लाहकार टोप बहादुर बिक, तिनाउको सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला नेता जग बहादुर क्षेत्री लगायतले विरोध मन्तव्य राखेका थिए ।