कास्कीमा चुनावी घर दैलो अभियान कार्यक्रम

कास्कीमा स्वतन्त्र उम्मेद्वारहरुद्वारा घर दैलो कार्यक्रम

कास्कीमा चुनावी घर दैलो अभियान कार्यक्रम

कास्की । कास्की जिल्लाको विभिन्न गाउँ, शहर तथा टोल–टोलमा एमसीसी विरोधी, स्वतन्त्र र जनपक्षीय उम्मेद्वारहरुले कास्कीमा आफ्नो घरदैलो र चुनावी अभियानलाई तीब्र बनाएका छन ।

पोखरा महानगरपालिका का प्रमुखका उम्मेद्वार किशान सिंह गुरुङ, उप( प्रमुख का उम्मेद्वार सोममाया विश्वकर्मा लगाएत विभिन्न वडाका अध्यक्षका उम्मेद्वारहरु एमसीसी र बर्तमान संसदीय व्यवस्थाको विकृतीको भण्डाफोर गर्दै जनपक्षीय उम्मेद्वारहरुलाई पुतली चिन्हमा मतदान गर्न अपिल गर्दै हिडिरहेका छन् ।

आफुहरु रास्ट्र र जनताको पक्षमा, राष्ट्रघात र जनघातको विरुद्धमा उभिएकाले जनताले जनपक्षीय स्वतन्त्र उम्मेद्वारहरुलाई साथ दिनेमा आफू विश्वस्त रहेको महानगर प्रमुखका उम्मेद्वार किशान सिंह गुरुङले बतए । कास्कीमा पनि एमसीसी विरोधी, जनपक्षीय र स्वतन्त्र उम्मेद्वारहरुलाई नेपाल कम्युनिस्ट पार्टी कास्कीले समर्थन गर्ने जनाएको छ ।