युवा संगठन नेपाल डोटीद्धारा शीर्ष नेताहरुको पुत्ला दहन

प्रकाश बहादुर थापा, दिपायल डोटी / युवा संगठन नेपाल डोटीको आयोजनमा दिपायल पिपल्ला बजार ट्राफिक चोक डोटीमा प्रधानन्त्री शेर बहादुर देउवा पूर्व प्रधानन्त्रीहरु केपी ओली,प्रचण्ड,बाबुराम भट्टराई एम.सि.सि.परियोजना उपाध्यक्ष फतिमा सुमारको पुत्ला दहन कार्यक्रम सम्पन्न भएको छ ।

एम.सि.सि.परियोजना नेपालमा लागु गरेर देशलाई युद्धको थलो बनाउन र राष्ट्रियता धरापमा पार्न खोजिएको हुदा ति दलालहरूको पुत्ला दहन गरिएको युवा संगठन नेपाल डोटीका अध्यक्ष सुशिल मलासीले जनाएका छन् ।