दिवंगत नेता वीरजङ्गको स्मृतिमा ५ लाख पुरस्कारको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

दिवंगत नेता वीरजङ्गको स्मृतिमा ५ लाख पुरस्कारको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौं २७गते देखि काठमाडौंमा हुने भएको छ । नेपाल गणातान्त्रिक खेलकुद महासंघ काठमाडौंको आयोजनामा हुने प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुने बताइएको छ ।

प्रतियोगितामा विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिा उत्कृष्ट स्पाइकर, क्विकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता कुल अनुमानित रकम २८ लाख खर्च हुने अनुमान गरिएको छ । पुरस्कार रकममा मात्रै ९ लाख ५५ हजार रकम खर्च हुने महासघंका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिए।