महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

महिला टी–२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

बुटवल ।  महिला टी–२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । महिला टी–२० को अन्तिम शृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो शृङ्खलामा भने विजय हासिल गरेको थियो ।

 मलेसियामा जारी द्विदेशीय शृङ्खलाको शनिवार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् ।